काठमाडौँ ८ कार्तिक । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ।बाबुरामले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए।
दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह गर्दै बाबुरामले आफूहरू चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको बताएका छन्। ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्ट भएको छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो।
चिकित्सकको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’यता पर्यटन मन्त्री योगेश भटराई कोरोना मुक्त हुनु भएको छ । उहा मुक्त भएपछि सरकारको नियमित काममा फर्कनु भएको छ ।
प्रतिक्रिया