ब्रेकिंग न्युज

कोरोनावाट लुम्विनी प्रदेशमा मृत्यू हुनेको संख्या १७ प्रतिशत



रुपन्देही ८ कार्तिक । लुम्विनी प्रदेशमा मृत्यू हुनेको संख्या १७ प्रतिशत पुगेको छ ।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । यस्तै लुम्विनी प्रदेशममा कोरोना संक्रमणवाट अहिले सम्म १ सय ४१ जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएकोजानकारी अनुसार हाल सम्म  मृत्यू भएकाको देशभरमा तुलना गरेर प्रतिशतमा हेर्दा १७ हुन आउछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्युको हो । 

     यसैविच रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं. ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले वताउनु भयो । रुपन्देहीमा हाल सम्म ५६ जनाको निधन भएको छ । यस्तै  पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ गैरागाउँका ५६ वर्षीय पुरुषको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । यो संगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । 

प्रकाशित : ८ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६