प्रदेश

कृष्णनगरको एक पुरानो घरमा अस्थिपन्जर शव फेला परेपछि



कपिलवस्तु , कार्तिक १२ ।

जिल्लाको कृष्णनगरमा २० बर्ष देखि बन्द रहेको पुरानो घरमा अस्थिपन्जर फेला परेको छ । बेलुकी साढे पांच बजे कृष्णनगर नगरपालिका वडा न २ गुरुद्वारा स्थित नन्दलाल अग्रवालको जीर्ण भवनमा अस्थिपन्जर फेला परेको छ । लगभग २० बर्ष पहिलेदेखि बस्न छाडेको नन्दलाल अग्रवालको छिमेकिको घर मर्मत गरि रहेको घरका कामदारले नन्दलाल अग्रवालको घरमा अस्थिपन्जर देखेपछि प्रहरीलाई खबर गरेका हुन ।

कृष्णनगर प्रहारीले खबर पाऊने वितिकै घटना स्थलमा पुगि अस्थिपन्जरलाई अफ्नो नियन्त्रणमा लिएको थियो । अस्थिपन्जर बरे थप अनुसन्धानका लागि फोरेन्सिक टेस्ट गराउन टिचिङ्ग अस्पताल काठमाडौं पठाइएको इप्रका कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पौडेलले जनाएका छन ।
अस्तिपन्जर फेला परेपछि कृष्णनगरका स्थानिय जनता तथा व्यापारीहरुमा त्रास सृजना भएको उद्योग वाणिज्य संग कृष्णनगरका पुर्व अध्यक्ष गुरुशरण सिंहको भनाई छ। कृष्णनगर बजार भारतिय सिमासंग सटेको जिल्लाकै मुख्य नाका रहेकोले यस्ता संदिग्ध घटनाहरुले व्यापारीमा त्रास फैलाउदै आएको पुर्व अध्यक्ष सिंहले बताए ।

प्रकाशित : १२ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६