अर्थ-वाणिज्य

हिउदे अधिबेशन दाङ मै राख्न मन्त्री र सभामुखको दौडधुप



दाङ, १४ कार्तिक । लुम्बिनी प्रदेशको आउदो हिउँदे अधिवेशन दाङमा गर्ने तयारी थालिएको छ । त्यसका लागि प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेको देउखुरीको राप्ती उपत्यकामै क्षेत्रमै तयारी गरिएको हो।हिउँदे अधिवेशको लागि प्रदेशका सभामुख, उपसभामुख र कानुन मन्त्री सहितको टोलीले लालमटियाँमा रहेको राप्ती प्राविधिक शिक्षालयको स्थलगत अवलोकन गरेको छ । टोलीले शिक्षालयभित्रको भौतिक पूर्वाधार अधिवेशनका लागि प्रयोग गर्न सकिने नसकिनेबारेमा अवलोकन गरेको हो ।

    सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक तथा कानुनमन्त्री कुलबहादुर केसीलगायतको टोलीले त्यहाँको अवस्थाबारे स्थलगत अवलोकन गर्नुका साथै त्यहाँका स्थानीय जनप्रतिनिधिसँग छलफल समेत गरेको थियो ।प्रदेशको स्थायी राजधानीको कार्यान्वयनसहित छलफल गरेर अघिवेशन बोलाउन सकिने सभामुख पूर्णबहादुर घर्तीले बताए । प्रदेश सरकारले तिहार लगतै मंसिरमा हिउँदे अघिवेशन बोलाउने तयारी गरेको छ । तर अधिवेशनको टुंगो भने लगाइ सकेको छैन ।

प्रकाशित : १४ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६