कपिलवस्तु १४ कार्तिक ।शिकार गर्न प्रतिबन्धित जंगली बधेलको मासु सहित ३ जना बनगस्तीका क्रममा पक्राउ परेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका– १० स्थिति पटनाको ढेकही नबाट ५५ किलो बदेलको मासु सहीत ३ जना पक्राउ परेका हुन् । बदेललाई काटेर दुई मोटरसाईलमा बोरामा राखेर बिक्रीका लागि लैजाने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा सुद्धोदन गाउपालिकाको हरनामपुरका हरि प्रसाद थारु र श्रवण कुमार चौधरी र बाणगंगा नगरपालिका– ११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालयका सुचना अधिकारी मदनमोहन स्यान्डील्यले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
सुराकीका अधारमा प्रहरीले लु ३९ प ३४३० र युपी ५५ एबी २०२७ नम्बरको मोटरसाईलमा बदेलको मासु सहीत उनीहरुलाई पक्रेर सेक्टर वन कार्यालय पिपरा पठाएको थियो । पक्राउ परेकाहरु माथी बन्यजन्तु ऐन अनुसार कारबाही प्रकृया अघि बढाईएको स्यान्डील्यले बताउनु भयो । अदालतबाट कसुर ठहर भए ६ महिना कैद र २० हजार जरिवाना लाग्ने कानुनी प्रावधान छ । बरामद गरिएको मासुलाई स्थानीयबासी र पत्रकारको रोहोवरमा वन कार्यालयमा गाडेर नष्ट गरिएको छ ।
प्रतिक्रिया