रुपन्देही १५ असोज । कोरोनावाट शिथिल हुदै गएको विकास निर्माणलाई गतिदिन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास साझेदारलाई भर्चुअल सेटमार्फत भेटघाट र अन्तरसंवाद गर्नु भएको छ । कोभिडको क्षति विकासले पूर्ति गर्न मुख्यमन्त्री पोखरेलको विकास साझेदारलाई अपिल गर्नु भएको छ। विकासलाई गति दिन विकास साझेदार संस्थाको भूमिका कोरोनाकै बीचमा पनि अपेक्षा गरेको अन्तरसंवादमा प्रष्टयाउनु भएको छ । विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसंग आयोजना गरिएको भर्चुवल अन्तरसंवादमा कास साझेदार संस्थाहरुको भुमिका आगामी दिनमा अझै बढ्ने विश्वास व्यक्त गर्नु भएको प्रेस सल्लाहकार शेर वहादुर केसीले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
भर्चुअल बैठकमा विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हडाडजरभस, आइएलओका निर्देशक रिचार्ड हवार्ड, डब्ल्युएचओका नेपाल प्रतिनिधि डा जोएस भेण्डलर, नेपालका लागि स्वीजरल्याण्डका महामहिम राजदूत एलिजाबेथ क्यापलर, डिएफआइडीका नियोग प्रमुख लिसा होनान, एडिबीका प्रमुख अर्थशास्त्री शरद भण्डारी, युएनडिपीकि आवासिय प्रतिनिधि आएशानीई लबे लगायत १२ बिकास साझेदार संस्थाका प्रतिनिधी सहभागी थिए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशको आवधिक योजना कार्यान्वयनको पहिलो वर्ष सकारात्मक रहेको र कोभिड १९ ले श्रृजना गरेको अप्ठारो अवस्थामा पनि गत वर्ष प्रदेशले ७९ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको बताउनु भयो ।प्रदेशको आवधिक योजना अनुसार विकासलाई गति दिदै आर्थिक वृद्धिदर ९ दशमलव ५ प्रशित पु¥याउने कार्य चुनौतीपूर्ण रहेको अवस्थामा पनि जिम्मेवारी पूरा गर्न सफल भयौं मुख्यमन्त्री पोखरेलले भन्नु भयो ।स्थापनाको छोटो समयमा प्रदेश सरकार देखिने र भेटिने अवस्थामा आइपुगेको बताउँदै सामाजिक सुरक्षा, विपद व्यवस्थापन, पूर्वाधार निर्माण, नागरिकको घरदैलोमा खानेपानीको पहुँच बढाउन, स्वास्थ्य सेवा विस्तार, कृषिको व्यवसायिकरण र पर्यटन पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता रहेको मुख्यमन्त्रीको भनाई थियो ।
प्रदेश सरकारको योजना, कार्यक्रम र प्राथमिकतामा विकास साझेदारहरुसंगको सहकार्य बढाउने उद्देश्यले आयोजित बैठकमा सहभागी विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विकासमा प्रदेश सरकारको स्पष्ट दृष्टिकोण र योजना रहेको पाएको बताउँदै योजनालाई कार्यान्वयन गर्न उपलब्धीमुलक साझेदारी गर्नुपर्ने धारणा राख्नु भयो ।
बैठकमा प्रदेश सरकारका प्रमुख सचिव तोयानारायण ज्ञवाली, प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतम, योजना आयोगका सदस्यहरु र प्रदेश सरकारका मन्त्रालयका सचिवहरु सहभागी कार्यक्रममा बैठकमा प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश सरकारको योजना, कार्यक्रम,संभावना र अवसरका बारेमा प्रस्तुती गर्नु भएको थियो ।
प्रतिक्रिया