कपिलवस्तु १७ असोज ।प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचिन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउसो देखि रिले अनसल सुरु गरिएको छ । कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा राजधानी राख्ने प्रस्तावको बिरोध गर्दै अनसन सुरु गरेका हुन । शनिवार कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलको अगुवाईमा ५ जनाले अनसन सुरु गरेका हुन । समाजसेवी तथा अगुवा रउफ अहमद खा, अशोक गुप्ता संतोष कसौधन र बृजेश भटरा अनसनमा बसेका छन ।
२६ सय बर्ष अघि नै बुद्धको क्रिडास्थलकारुपमा रहेको तिलौराकोट नै १२ जिल्लाकालागि प्रदेशको राजधानी उपयुक्त हुने उनीहरुको बताउछन । बुटवल र दाङमा राजधानी राख्ने लामो सयमको बिवाद पछि प्रदेश सरकारले शुक्रवार दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव गरेको छ । अनसनकारी सुदीप पौडेलले दाङ र बुटवल भन्दा कपिलवस्तु नै हरेक हिसाबले प्रदेशको राजधानी उपयुक्त हुने बताए । अर्का अगुवा रउफ अहमद खाले २६ सय भन्दा बढी अघिको ईतिहास बोकको प्राचिन शहर कपिलवस्तुलाइृ नै राजधानी बनाउनु पर्ने बताउनु भएको छ ।
यस्तै कपिलवस्तु स्थायी राजधानी अभियानको आज बसेको आकस्मीक बैठकले प्रदेश नंं ५ को स्थायी राजधानी प्रदेश मन्त्री परिषदको बैठकले हालै भालुवाङ्ग क्षेत्र तोकेको सन्दर्भमा कपिलवस्तु स्थायी राजधानी अभियानको गंभिर ध्यानाकर्र्षण गराएको छ । ऐतिहासिकता, भौगोलिकता, जनसंख्या, क्षेत्रफल र सुरक्षा लगायतका सबै हिसावले कपिलवस्तु स्थायी राजधानी उपयुक्त रहदा रहदै पनि कपिलवस्तुलाई उपेक्षा गरीनु कुनै पनि हिसाबले मुनासिव नभएकोले ठहर गर्नुका साथै कपिलवस्तुलाई नै स्थायी राजधानी तोक्न सम्बन्धित निकायको ध्यानकर्षण गराउदर्छौ उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । यस निर्णय नसच्चाई बेवास्ता गरेमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु तय गरिने ब्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौ कपिलबस्तु स्थायी राजधानी अभियानका संयोजक पोमनारायण पौडेलले हस्तक्ष गर्नु भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया