काठमाडौं २३ असोज । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले लकडाउनका कारण स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि लिने तयारी गरेको छ।सिटिइभिटीले आज सूचना निकाल्दै चैत ११ गते लकडाउन भएपछि स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिने जनाएको हो। सिटिइभिटीले परीक्षाको तालिका पनि छिट्टै प्रकाशित गर्ने जनाएको छ।
२३ आश्विन २०७७, शुक्रबार








प्रतिक्रिया