प्रदेश

कोरोना कहरको शिक्षामा गुणस्तरको बहश, काम गर्नुपर्नेवाट उपदेश



कपिलवस्तु २३ असोज कोरोना कहरका बीच गुणस्तरीय शिक्षाको वहश बुद्धभूमीमा भएको छ । सामुदायिक विधालय प्रति अभिभावकको विश्वास वृद्धि गर्न र गुणस्तरिय शिक्षा प्रदानमा शिक्षक र अभिभावक दुबै सचेत हुनुपर्ने बुद्धभुमि नगरपालीका शिक्षा शाखा प्रमुख लिल बहादुर राउतले बताउनु भएको छ । उहा स्वयम काम गर्नु पर्ने पदमा हुनुहुन्छ तर उहाले त्यो लागु गराउनुको  सटटा उपदेश सुनाउनु भएको भन्दै सहभागिले टिप्पणी गरेका हुन् ।

    मानव अधिकार समुह बुद्धभुमिको समन्वयन र अनौपचारीक सेवा केन्द्र इन्सेकले आयोजना गरेको स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल अन्र्तगतको शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारबारे सरोकारवाला निकाय बिच अन्र्तक्रिया कार्यक्रममा बोल्दै राउतले यस्तो बताउनु भएको हो । सहभागिका जिज्ञासा र प्रश्नलाई सम्वोधन गर्दै उहाँले सामुदायिक विधालयले सर्वशुलभ गुणस्तरीय शिक्षा दिनुपर्ने बताउदैँ केही गुनासो भए नगरको शिक्षा शाखामा खबर गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै बुद्धभुमि नगरपालीका वडा नं. ३ का अध्यक्ष गोविन्द आर्चायले अनलाईन कक्षा प्रभावकारी नभएको बताउनु भयो  । नगरले सिकाईकेन्द्र सञ्चालन गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने र उपभोक्ताले उपभोग्य वस्तु खरिद गर्दा अनिवार्य उत्पादन मिती हेर्न समेत आग्रह गर्नु भयो । त्यस्तै नेकपा बुद्धभुमि नगर कमिटिका अध्यक्ष देवि बेल्वासेले सरोकारवाला निकायले खाद्य गुणतस्तर र आवासको विषयमा चासो दिनुपर्ने बताउनु भयो ।

    स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा नगरका कृषि शाखा,पशु सेवा शाखा ,शिक्षा लगायतका विभिन्न शाखा प्रतिनिधि ,वडा अध्यक्ष,विभिन्न सघं संस्थाका प्रतिनिधि, समाजसेवि ,स्थानिय ,विधार्थी,पत्रकार ,मानवअधिकारकर्मी  लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६