विचार/ब्लग

गौतम वुद्धको ऐतिहासिक नगरी कपिलवस्तु कस्तो छ ?



प्राचिन कपिलवस्तु तिलौराकोट शान्ति र अहिंसाको उद्घोष गर्ने शिखर पुरुष गौतम बुद्धको राजधानी हो । यहा“ शाक्य वंशीय शुद्धोदनका सुपुत्रका रुपमा जन्म लिनुभएको भगवान गौतम बुद्धले आफ्नो जीवनको प्रारम्भिक २९ वर्ष  व्यतित गर्नु भयो । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि २ कि.मि. उत्तरमा पर्ने प्राचिन कपिलवस्तु (तिलौराकोट) लाई जातक निदान कथा, ललित विस्तार, बौद्ध ग्रन्थ, मगध सम्राट अशोकद्धारा निर्मित स्तम्भ, चिनियाँ यात्री फ्याहान र हवेनसा“गको यात्रा विवरण लगायतका आधारहरुमा विश्व प्रसिद्ध पुरातत्वविद् प्रा. जुराइयो नाकामुरा र पूर्व चन्द्र मुखर्जी समेत अन्य पुरातत्वविद्, इतिहासकार र अन्वेषणकर्ताहरु कार्लाइल, कनिङघम, राइट्रस डेभिस, विन्सेन्ट स्मिथ, बोस्ट, सिल्भर लेवी, विजय श्रीवास्तव, भूवनलाल प्रधान, बाबुकृष्ण रिजाल र तारानन्द मिश्रले प्राचीन कपिलवस्तुको ऐतिहासिक प्रमाणलाई विश्व समक्ष प्रत्यक्ष रुप्मा ल्याउने कार्य गरी तिलौराकोटको प्रमाणिकतालाई अझ बलियो बनाएका छन् ।

    उत्तर दक्षिण १७०० फीट लामो र पूर्व पश्चिम १३०० फीट चौडा रहेको शाक्यहरुको राजधानी तिलौराकोटमा विभिन्न समयमा गरिएका उत्खननबाट तीनवटा भग्नावशेष स्पस्टरुपमा देखिन्छ । ती भग्नावशेषहरुमा पश्चिमी द्वारको रुपमा परिचित भागमा उत्खनन् हु“दा दुवैतर्फ बुर्जाहरुका साथै इ“ट छापिएको १९ फिट चौडा बाटोको दुवैतर्फ डबलिहरु छन् । त्यस्तै केही ताम्र मुद्रा, फलामको कोदालो, छिनो र अन्य धातुका वस्तुहरु यहा“बाट प्राप्त भएका छन् । शुद्धोनको राजमहल उत्खनन् गर्दा कुशाङ, मौर्य, सुङ्गा कालका सिक्काहरु,  भाडाका  टुक्रा र तत्कालिन हतियार र गाग्रीहरु फेला परेका थिए भने भगवान गौतम बुद्धले सांसारीक जिवन त्याग गरि ज्ञानप्राप्तीका लागि आफ्नो राजदरवार त्याग गरि गएको पूर्वी द्वारका रुपमा परिचित महाभिनिष्क्रर्मण द्वार उत्खनन् हु“दा १९ फिट चौडा बाटो, दाया“ बाया“ दुई बुर्जा, माटाका मानव र जनावरका प्रतिमा, पुद्रा, माला, गुटिका, चुरा र ब्राह्मी अभिलेख युक्त मोहर छाप प्राप्त भएका छन् । बुद्धको राजधानीको नाम तिलौराकोट कसरी रहन गयो यस बारेम एक किम्वदन्ती पाइन्छ । त्यो के भने लुम्बिनी, गोटीहवा र निग्लिहवामा रहेको अशोक स्तम्भलाई स्थानीय जनताहरुले लौरोको रुपमा लिई तीनवटा लौराको बिचमा बुद्धको राजधानी रहेकोले यस ठाउ“लाई “त्रिलौरा कोट” भनिएको हो । “त्रिलौराकोट” को अपभ्रन्स हु“दै पछि गएर यो ठाउ“को नाम तिलौराकोट हुन गएको हो ।  

गोटिहवा :

तौलिहवा देखि ४ कि.मी दक्षिण पश्चिममा अवस्थित गोटिहवा गाउँमा पनि एक अशोक स्तम्भ छ  । अवस्थित गोटिहवा गाउ“मा पनि एक अशोक स्तम्भ रहेको छ । यो स्तम्भ बडो संयोगले फेला परेको हो । स्थानिय जनश्रुति अनुसार यो स्तम्भ जमिनमुनि रहेको थियो । संयोगले गाउ“मा कुनै दिन आगलागी हु“दा आगोबाट जलेका अवशेषहरु जमिनमुनि गडेर रहेको ठाउ“माथि फालियो । त्यसपछि उक्त आगोका अवशेषहरुबाट पुनः आगलागी हु“दा उक्त स्तम्भ ५ गोटा (टुक्रा) मा परिणत भएको थियो । 

    यसै कारण यो गाउ“लाई गोटिहवा भन्न थालिएको हो । विभिन्न भागमा विभाजित सो स्तम्भको तीन टुक्रा कपिलवस्तु संग्राँहलय तौलिहवामा राखिएको छ भने लामो भाग चाही गोटीहवामानै रहेको छ । गोटीहवामा रहेको स्तम्भको उचाई १० फिट र परिधि ८ फिट ६ इन्च छ । स्तम्भको माथिल्लो भागमा मौर्यकालिक पालिस अझै देखिन्छ । क्रकुच्छन्द बुद्धको स्मृतिमा सम्राट अशोकद्वारा यस स्तम्भको निर्माण गरेका हुनाले नै यस ठाउँलाई क्रकुच्छन्द बुद्धको नगरी मानिएको कुरा विद्धानहरु बताउ“छन् । यस स्तम्भको उचित संरक्षण नभएका कारण वर्षाको समयमा स्तम्भको आधा भन्दा बढीभाग पानीमा डुब्ने गर्दछ । यी ठूला ठूला निग्लिहवा र गोटिहवाको अशोक स्तम्भ त्यत्ति बेला यहा“ कसरी निर्माण गरियो होला भन्ने प्रश्न गर्दा युवा पुरातत्वविद् बसन्त बिडारी भन्नु हुन्छ । “सम्राट अशोकले भारतवर्षबाट ४० वटा पांग्रा भएका एक गाडालाई ५०० घोडाले तानेर ल्याएका थिए । 

कुदान :

तौहिवादेखि लभग २.४ कि.मी. दक्षिणमा खुनुवा (भारत) जानो बाटो पश्चिमस्थित कुदान एउटा प्राचित शिवालय र दुईवटा ठूला ठूला ढिक्का रहेका छन् । प्राचित शिवालय रहेको ढिस्कोमाथि करिव एक फुट लामो र दश इन्च मोटो एउटा पत्थर रहेको छ । यही तथागत बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्ना पिता शुद्धोदनस“ग प्रथम पटक भेट समेत गरेका थिए भने गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि प्रजापति राहुल र यसोधरा लगायत ५०० जनालाई बोद्ध संघमा सामेल गराईएको थियो भनिन्छ । यो ठाउ“ अर्को के नि कुराले महत्वपूर्ण मानिन्छ भने देवदत्त र सिद्धार्थ बिचमा हा“सको विषयलाई लिएर झगडा हु“दा न्याए दिएको हु“दा यस ठाउ“लाई राजा शुद्धोदनको न्यायालय रहेको ठाउ“ पनि भनिन्छ । बीचको ठूलो ढिस्काका चारैतिर निकै कलात्मक शैलीमा बनाईएका कलाकृतिहरु आकर्षणका केन्द्रविन्दु रहेको यस ठाउ“मा सन् १९६२ मा भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले उत्खनन् गर्दा यो ठाउ“ आठौं शताब्दीको भनेर बताएकी थिइन् 

जगदिशपुर ताल :

कृत्रिम रुपमा बनाइएको तालहरु मध्ये संभवतः नेपाल अधिराज्यभरमै ठूलो मानीएको जगदिशपुर ताल यस जिल्लाको प्रमुख पर्यटकिय आकर्षणको केन्द्रविन्दु रहेको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखि करीव १० कि.मी. उत्तर साबिक  निग्लिहवा गाविस १ र ४ मा अवस्थित उक्त ताल करिव १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस तालमा विशेषतः चराचुरुंगी  र प्राकृतिक सौन्दर्य प्रति रुचि राख्ने स्वदेशी  तथा विदेशी पर्यटकहरुलाई मन्त्र मुग्द पार्ने बिसौं प्रजातिका चराचुरुंगीहरु पाईन्छ । प्रति वर्ष साईवेरिया लगायतका ठाउ“बाट यहा“ आउने नौला अद्वितिय चराचुरुंगीहरु जाडोका अधिकांस समय यसै तालमा बसोबास गर्ने र फुल पारी बच्चा हुर्काइ पुनः फर्कने गर्दछन् । 

४.७ मिलियन क्यूफिट मिटर पानी जम्मा हुन सक्ने क्षमता भएको ताललाई संरक्षित पंक्षी विहारको रुपमा विकसित गर्दै लैजान पनि सकिन्छ । नेपलमा पंक्षी विहार नभएको सन्दर्भमा प्राकृतिक तथा भौगोलिक रुपमा उपयुक्त देखिने यस ताललाई पंक्षि बिहार बनाएमा पहिलो र नौलो मानिने सो बिहार चराचुरुंगी प्रति मोहित हुने व्यक्तिहरुका लागि एउटा निक स्मरणीय स्थल हुनुका अतिरिक्त चराचुरुंगीहरुको अध्ययन अनुसन्धान गर्नेहरुका लागि एउटा विश्व विद्यालय नै हुन सक्थ्यो भन्नु अतिशयोक्ति नहोला । 

प्राकृतिक दृष्यावलोकन तथा जल बिहार मन पराउने पर्यटकहरुको लागि एउटा उत्कृष्ट सुरम्य प्राकृतिक स्थल मानिएको यस ताल वरिपरि करिव सात कि.मी. दुरी भित्र रहेका ऐतिहासिक तथापुारतात्विकस्थलहरु निग्लिहवाको अशोक स्तम्भ, ७७ हजार शाक्यहरुको बद्य स्थल सग्रहवा, कनकमुनि बुद्धको शहर अरौराकोट, कपिलवस्तुको आश्रम जहदी, आसित ऋषिको आश्रम दरखसवा, बिकुलीकोट, अमौलीकोट तथा तालबाट आ“खामा कैद गर्न सकिने धौलागिरी हिमाल उत्तिकै दर्शनिय र रमणीय रहेका छन् ।

समय माई :

तौलिहवा आनन्दवाग स्थित समय माईको एक मन्दिर रहेको छ । मन्दिरभित्र रहेको एक प्राचिन मुर्तिमा कुनै महिलाले रुखको हा“गो समातेर बसेकी र जवजात शिसुलाई जन्म दिएको जस्तो देखिन्छ । यो मूति अलि अस्पस्ट रहेकोले यो नै हो भनेर ठोकुवा गर्न कठिन छ । हवेनसाङको वर्णन अनुसार कपिलवस्तुबाट ३,४ कि.मी. जक्षिण दिशामा निग्रोधाराम थियो र त्यस ठाउ“मा मगध नरेश अशोकले एउटा स्तूप निर्माण गराएका थिए । जुन वर्तमान समयमाईको स्थानले चिनिन्छ । यहा“ एउटा बृक्षमुनि बुद्धले प्रजापतिबाट काषाय ग्रहण गरेको हुनाले यहा“ अशोकको स्तुप निर्माण गरिएको कुरा डा.राम निवास पाण्डेले उल्लेख गर्नुभएको छ । आजभोली यो मन्दिरमा हिन्दु धर्मालम्बीले विभिन्न चाडपर्वमा पुजा अर्चना गर्छन । 

सिसहनीया :

जिल्ला सदरमुकाम तौलिहवादेखि पूर्व–दक्ष्ँिण करिव १३ कि.मि. मा पर्दछ । यो ठाउ“ समभूमीय आकारमा गाउ“को सतह भन्द ६ फिट उचाईमा रहेको छ । उत्तर दक्षिण ५०० फीट र पूर्व पश्चिम ३०० फीट क्षेत्रफल रहेको सिसहनीयामा पन्च मार्क, कुषाण र गुप्तकालीन मुद्राका साथै त्यस बेलाका माटाका टुक्राहरु पाईएको छ । यहा“ ठूला ठूला मौर्य र कुषाणकालीन कुवा र कोटको चारैतर्फ खाई देखिन्छ । विद्धान अनुसार यो बुद्ध बिहार वा भिक्षुहरु बस्ने ठाउ“ मानिएको छ भने डा.राम निवास पाण्डेले कनकमुनी बुद्धको नगरी शोभावती रहेका बताएका छन् । यहा“ इटालीको स्मियो नामक पुरातात्विक संस्थाले गतवर्ष सामान्य उत्खनन् गरेको थियो भने सन् १९९८ सम्ममा वृहत रुपमा उत्खनन्  गर्ने कार्यक्रम रहेको छ । यो ठाउ“मा वर्षामा यातायात साधनद्वारा जान सकिदैन भने अन्य बेला पनि निकै कठिनाई पर्दछ ।

सगरहवा :

  साविक निग्लिहवा गाविसमा पर्ने यो ठाउ“ तिलौराकोट ४ कि.मी. उत्तर बाणगंगा नदीको किनारमा स्थित छ । १७ वटा स्तूपहरु पाइएको यस ठाउ“को खोज सन् १८९८ जनवरीमा डा.फहुररले गरेका थिए । उत्खनन्बाट प्राप्त १७ वटा स्तूपहरु र प्रत्येक स्तूपमा अस्थि, कलश र सुन चा“दी तथा तामाका टुक्राहरु साथै उक्त कलशमा अक्षता पनि भएको फेला परेको थियो । त्यस्तै त्यहा“ उत्खनन् हु“दा पुराना इटाहरु र सो इटामा गद्दा, कुलिश, त्रिशुल, अंकुश र परशु अंकित भएका छन् । यस  महत्वपूर्ण ऐतिहासिक ठाउ“को १०५९ र २२५ फी लम्बाई चौडाइ भएको प्राचीन सागरको एक सय बीस फिट पश्चिममा ९ह१२ फीट आकारका १२ वटा कोठाको भग्नाभशेष प्राप्त भएका थिए । कौशलका राजा प्रसेनजितको शाक्यहरुले झुक्याएर एक दासी पुत्री वासभ खत्तियास“ग विवाह गरिदिए । त्यसपछि  प्रसेनजितका छोरा विरुढक आफ्नो मामा घर प्राचिन कपिलवस्तु आउ“दा आफ्नो आमा दाशी पुत्री भएको थापा पाएपछि  क्रोधावेशमा आई शाक्यहरुलाई मुला काटेझैं काट्न थाली ७७ हजार शाक्यहरुलाई यहा“ मारेका थिए । यसैकारण यहा“ रहेका १७ वटा स्तूपहरु हत्या गरिएका शाक्यहरुको स्मृतिमा बनाएको अुनमान गरिएको छ । हजारौं हजार शाक्यहरुलाई मारिएको कारण नै सगरहवा वरिपरि कयौं वर्षसम्म खेती–पाती नहुने, चर्न गएका चौपाया मृत अवस्थामा पाईने र सागर (ताल)मा राति अदृष्य शक्तिबाट गाउ“लेहरु डराउने गर्दथे ।

    यसपछि गाउँलेहरुले धार्मीक विधिपूर्वक पूजा–आजा गरी खसी बोका, रा“गो, कुखुरा, परेवा बली चढाएपछि आजभोली ती क्रियाकलाप धेरै सम्य भएको कुरा स्थानीय वासिन्दाहरु बताउ“छन् । सगरहवामा एक प्राचीन ताल रहेको छ जसलाई लम्बु सागर ताल भनिन्छ ।

निग्लिहवा :

जिल्लाको सदरमुकाम तौलिहवादेखि ८ कि.मी. उत्तर पूर्व (तौलिहवा–जीतपुर) ग्रायावल सडक खण्डको ५० मिटर पूर्वको निग्लिहवा स्थित सम्राट अशोकले स्थापित गरेको एक अशोक स्तम्भ रहेको छ । हाल दुई टुक्रामा विभाजित रहेको सो स्तम्भ कसरी बिभाजीत भयो भन्ने कुरा थाहा हुन सकेको छैन् । दुई टुक्रा मध्ये लामो खण्ड जमीनमा पसारीएको छ र सानो खण्ड तेस्रो परेर जमीनमा गडेको छ । लामो टुक्रा १५ फिट लामो छ र त्यसको परिधि बढिमा ६ फिट ५ इन्च छ भने यस खण्डको शिखर पट्टि दुई वटा मयुरका डिजाईन र देवनागरि लिपिमा “ मणि पद्मे हु“ रिपुमल्लस्य चीर जयतु १२३४” भन्ने कु“दिएका कारण यहा“  कर्णाली प्रदेशका राजा रिपु मल्ल तीर्थ यात्रीको रुपमा आएका थिए भन्ने बुझिन्छ । यसैगरी जमीनमा गडेर रहेको लम्बाई ५ फीट र परिधि ७ फिट ५ ईन्च सानो खण्डमा ब्राह्मी लिपीमा कु“दिएको चार पंक्तिको अशोक अभिलेख छ । सो अभिलेखले सम्राट अशोक राजा भएको २० वर्ष पछि यहा“ कनकमुनी बुद्धको जन्म स्थल आई पूजा गरि यो स्तम्भ स्थापना गरेको हो भन्ने उल्लेखित अभिलेखले बताउ“छ । सो स्तम्भको पूर्वपट्टि जोडिएको एक पोखरी रहेको छ । जसलाई “निगाली सागर” भनिन्छ ।

बिकुली :

तिलौराकोटबाट करिव १० कि.मी. उत्तर पुर्वमा बिकुली गाउ“निर अवस्थित छ । यहा“ १५०ह१०० फीटको एक ढिस्को र बीचमा सानो पोखरी रहेको छ । यही“ पाईएको एक पत्थरको भागलाई शिवजी मानी पूजा आजा गरिन्छ भने कोटको मध्य भागमा एक आधुनिक दुर्गा मन्दिर रहेको छ । यही बिच भागबाट काटिएको सा“ढेलाई दानापानी खुवाउने डुड पनि रहेको छ । यहा“ प्राचिन माटाका मालाका दाना, फुटेका भा“डाकु“डा र इटहरु यत्रतत्र छरिएको पाईन्छ ।

अमौली :

तिलौराकोटबाट करिव ९ माइल उत्तरतर्फ अमौली गाउ“देखि पूर्व र कोपवा डा“डादेखि पश्चिममा ठूलो सिमलको रुख तथा झाडिहरु भएको एक ठूलो स्तूप छ । दक्षिण पश्चिममा एक इनार छ र इनारदेखि पश्चिमपट्टि अर्धाकार सहितको शिवलिंग छ । यस पुरातात्विक ठाउ“को क्षेत्रफल ६०ह५० फीट रहेको छ भने इनारको व्यास करिव ६ फीट रहेको छ । यहा“ प्रयुक्त इटाहरु कुषाणकालीन रहेको कुरा पुतात्विकविद्हरु बताउ“छन् ।

चेतरादेही :

तिलौराकोट देखि डेढ कि.मी. पश्चिम वाणगंगा नदि पारी चेतरादेही गाउ“को किनारामा एक विसाल त्रिकोणात्मक ढिस्कोको रुपमा एउटा खण्डहर फैलिएको छ । यसका चारैतिर भगनावशेषहरु प्रष्ट रुपमा देखिन्छ । यहा“ पाईएका पाटाका भा“डाहरु सुङ्गा र कुषाणकालका रहेका छन् । उत्खनन्को अभावमा यो ठाउ“बारे सत्य भन्न गाह्रो छ । 

बर्दहवा: 

यो ठाउ“ कपिलवस्तु नगरपालीका क्षेत्रभित्रै पर्दछ । तौलिहवादेखि दक्षिणमा रहेको बर्दहवा गाउ“देखि पूवपट्टि एक रुखको फेदमा गोरुको ढुंगे मुर्ति र शिवलिंग तथा अन्य प्राचीन ढुंगाहरु रहेका छन् । त्यसको वरिपरिको भाग हेर्दा कुनै गोलाकार स्तूप जस्तो देखिन्छ । यस ठाउ“को उत्खनन् अझ हुन सकेको छैन् । 

हरदेवा :

तिलौराकोटबाट ३ कि.मी. दक्षिणमा पर्ने यस ठाउ“मा एक ठूलो भग्नावशेष छ । भग्नावशेषको पश्चिमतर्फ एक ऐतिहासिक पोखरी पनि छ । गाउ“को बीच भागमा रहेको यस ठाउ“मा पुराना इटाहरु प्रसस्त मात्रामा पाइएको छ । उत्खनन्को प्रतिक्षामा बसेको यस ठाउ“ के हो भन्ने थाहा भएको छैन ।

दरखसवा :

बुद्धको क्रीडास्थल देखि करिव ५ कि.मी. उत्तर पूर्व सगरहवा जा“दा पर्ने श्रीनगर गाउ“को बाटोको किनारमा पश्चिम तर्फ रहेको यस स्थानमा प्राचिन इटटाद्वारा निर्मित एक इनार रहेको छ भने माटाका भाडाकुडा र मालाका दाना पाईने गर्दछ । यस स्थलको वास्तविकता जन समक्ष नआउको भएता पनि असित ऋपिको आश्रम तथा कौशल नरेश विरुद्धकद्वारा शाक्यहरुको नर संहार गर्न सगरहवा तर्फ विरुदक सेनाहरु अगाडी बढ्दा यस स्थलमा चार शाक्य सेनाले वीर गति प्राप्त गरेका स्थल हुन सक्ने कुरा एक पुस्तकमा उल्लेख गरेको पाईन्छ ।

 जोडि स्तुप :

शुद्धोधन र मायादेवीको समाधी स्थल कपिलवस्तुको तिलौराकोटबाट करीव ५०० मीटर उत्तरतर्फ रहेको यो स्थल तिलौराकोट स्थलबाट अलग छ । तिलौराकोट परिसरलाई तारवार गरी घेरेपछि यो स्थान अझ टाढा बन्दै गएको छ दुरी करीव ५०० मीटरभएता पनि करीव १३०० मीटर पैदल यात्रा गर्नुपर्ने अहिलेको बाध्यता रहेको छ । ब्यापक प्रचार प्रसार नभएका कारण तिलौराकोट आउने कतिपय पर्यटकहरु यस स्थानको बारेमा जानकारी नलिइ फर्किने गरेका छन् ।

लोहोसरिया स्तुप :

तिलौराकोटको पूर्वी पर्खालबाट करीव ३० मीटर पूर्व तर्फ रहेका स्तुप आकारको ढिस्कोहरु रहेका छन् । गौतमबुद्धको पालामा फलामको औजारहरु प्रयोग गर्नको लागि अन्यत्रबाट कच्चा फलाम ल्याएर यो ठाउँमा फलामको प्रसोधन गरी औजारहरु निर्माण गर्ने कार्य गरिन्थ्यो । अहिलेपनि त्यहाँ फरक खालका ढुँगाहरुको अवसेस रहेको छ । लुम्बनी विकास कोषले तिलौराकोट परिषरलाईमात्र तारवार गरि घेरेकोले यस स्थानको अस्तित्व गुम्ने अवस्थामा रहेको छ ।

कन्थक स्तुप :

नेपालको गौरब शाली एवं ऐतिहासिक पृष्ठ भूमि हालको लुम्बिनिको कपिलबस्तु मा राजा शुद्धोधन र रानी महा मायादेवी गौतमीको कोख बाट सिधार्थ गौतमको जन्म इ. पु. ५६३ बैसाख पूर्णिमाको दिन भएको थियो । बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो। यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी आफ्नो जीवन साथी यसोधरा देवी र सात दिनको छोरो राहुल कुमारलाई त्यागी प्राणी जगत कै उद्धार र शान्तिको खोजीमा आषाढ़ पूर्णिमाको दिन गृह त्याग गरेका थिए । त्यही गृह त्याग गरेर जाने क्रममा आफ्नो कन्थक नामको घोडामा चढेर गएका तर सधै जुनसुकै स्थानमा गएतापनि संगै फर्केर आउने कन्थक घोँडा त्यस दिन भने गौतमबुद्धले आफू अव घर नफर्कने इसारा दिएर फर्काइदिएकोले त्यही वियोगमा तिलौराकोट पूर्वि द्धारको करीव १०० मीटर पूर्व पट्टी आफ्नो जीवनको अन्तिम सास लिएको र त्यस कन्थक घोडालाई परम्मपरा र धर्म अनुसार त्यही स्थानमा समादि दिएकोले त्यस स्थानलाई कन्थक स्तुप भनेर भनिन्छ । 

कपिलवस्तु संग्रालय:

नेपालको एकमात्र बुद्धसंग सम्बन्धित पुरातात्विक संग्रालय कपिलवस्तु संग्रालय हो । राजा शुद्धोधन र राजकुमार सिद्धार्थ गौतम (बुद्ध)का पालामा प्रयोग भएका विभिन्न धातु¸ माटोका औजार एवं भाडाकुडाहरु एवं विभिन्न संस्कृतिक क्रियाकलाप एवं दैनिक व्यवहारमा प्रयोग हुने बस्तुहरु यहाँ रहेका छन् । माटो तथा ढुंगाका मूर्तीहरु समेत यहाँ रहेका छन् । यहाँ आउने पर्यटकहरुलाई भगवान बुद्धसंग सम्बन्धित विभिन्न स्थानहरुको डकुमेन्ट्री भिडियो समेत देखाउने व्यवस्था यहाँ छ ।

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६