पर्यटन

कोरोनाको जोखिमका कारण बन्द रहेका शक्तिपीठहरु शनिबारदेखि खोल्ने तयारी



काठमाण्डौ २८ असोज । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द रहेका सबै शक्तिपीठहरु आउँदो शनिबारदेखि खोल्ने तयारी गरिएको छ ।काठमाण्डौ उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु आउँदो शनिबार कात्तिक १ गते देखि खोल्ने तयारी गरिएको मन्दिर व्यवस्थापकहरुले बताएका छन् ।

            उनीहरुले दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको बताएका हुन् । तर सरकारले भने यसबारेमा कुनै निर्णय गरेको छैन । कोरोना संक्रमण फैलने जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि नै देशरभरीकै मन्दिर बन्द गरेसँगै मुख्य शक्तिपीठहरुमा नियमित पूजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।अन्य क्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन । तर धेरैजसो मन्दिरहरु कात्तिक एक गते देखि सिमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका हुन् ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६