सुपर ओभरमा कोलकाताले सानदार सुरुवात पाएको थियो । लोकी फर्गुसनले पहिलो
बलमा नै डेविड वार्नरलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । दोस्रो
बलमा अब्दुल सामादले २ रन जोडे । तर तेस्रो बलमा फर्गुसनले सामादलाई पनि
बोल्ड गर्दै टोलीलाई नै मात्र २ रनमा सिमित गरे ।
कोलकाताका लागि कप्तान ओइन मोर्गन र दिनेश कार्तिक ब्याटिङमा आएका थिए ।
राशिद खानको बलमा मोर्गनले पहिलो बल डट खेले । दोस्रो बलमा उनले सिंगल लिए
। तेस्रो बल पनि डट भयो । चौथो बलमा लेग बाइमा २ रन जोडेपछि कोलकाता विजयी
भयो ।
जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६
विकेटको क्षतिमा १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
हैदराबादलाई अन्तिम ६ बलमा जितको लागि १८ रन आवश्यक परेको थियो । आन्द्रे
रसेलले १७ रन खर्चिदै सुपर ओभरमा पुर्याए ।
प्रतिक्रिया