काठमाण्डौ १७ कार्तिक । एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा काठमाण्डौको कालिमाटीबाट एकजना पक्राउ परेका छन् ।गएराति काठमाण्डौको कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीको टिकापुर नगरपालिका ९ का १७ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई प्रहरीवृत्त कालिमाटीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
१७ कार्तिक २०७७, सोमबार
प्रतिक्रिया