पर्यटन

बृद्व दम्पतिको एकसाथ मृत्यु एउटै चितामा दाहसंस्कार



 जनकपुरधाम १७ कात्तिक। धनुषामा एक बृद्व दम्पतिको एकै दिन मृत्यु भएको छ ।जिल्लाको शहीद नगरपालिका–१ निवासी रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान मृत्यु भएको हो । रामखेलाबन ९१ बर्षका थिए भने उनकी पत्नी ८८ बर्षकी थिइन् ।मृतकका छोरा उपेन्द्रका अनुसार रामखेलाबनको मृत्यु भएको ५ मिनेटपछि उनकी पत्नीको पनि मृत्यु भएको हो ।

    बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी उनको मृत्यु भएको थियो । त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो जानकारी पाएलगत्तै उनको पनि मृत्यु भयो ।एक छोरा र चार छोरीका आमा–बुवा एकैपटक मृत्यु भएपछि स्थानीयले त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको घटनालाई सम्झेका छन् ।एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६