प्रदेश

कपिलवस्तु र बुद्ध शिक्षाको पाठयपुस्तक तयार ,यस्तो छ बाणगंगाले लागु गरेको पाठयक्रम



कपिलवस्तु २० कार्तिक । कपिलबस्तुको बाणगंगा नगरपालिकाले कपिलवस्तु र बुद्ध शिक्षा विषयक स्थानीय पाठयक्रम तयार पारेर औपचारीक रुपमा लागु गरेको छ। जिल्लामै पहिलो पटक तयार पारिएको यस प्रकारको पाठयबस्तु आधारभुत तहको कक्षा ६ र ७ का लागि चालु वर्षवाटै लागु भएको छ । जिसस कपिलवस्तु र बाणगंगा नगरले सहकार्यगरी ‘कपिलबस्तु र बुद्ध शिक्षा ’ विषयक पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारेको हो । एक कार्यक्रमका विच उक्त पाठ्यक्रम तथा पाठ्यपुस्तकको प्रबोधिकरण समेत गरिएको छ । 

    कपिलवस्तु जिल्लाका १० पालिकामध्ये बाणगंगामा यो पाठ्यक्रम पाठ्यपुस्तक लागु गरिएको छ ।  पाठ्य पुस्तकमा कपिलवस्तु जिल्लाको ऐतिहासिकता, पुरातात्विक, सामाजिक, धार्मिक, र सांस्कृतिक महत्वसंगै बुद्ध र बुद्धको जीवनीसंग सम्बन्धित विषयबस्तुहरुलाई उल्लेख गरिएको छ । यस पाठ्यक्रम निर्माणकोलागि बुद्धशिक्षाका अध्येता  डम्मर शर्माको संयोजकत्वमा स्थानीय पाठ्क्रम पाठ्यपुस्तक निमार्ण समिती बनेको थियो । समितीले खोज, अध्ययन, अनुसन्धान गरी पठनपाठनको लागि पाठ्यपुस्तक तयार गरेको हो । लामो कसरत पछि मात्रै पाठ्यक्रम तयार पारिएको भन्दै कपिलवस्तुकालागि नयाँ काम भएको उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । बाणगंगा नगरपालिकाको नगर सभाबाट नीतिगत रुपमा प्रस्ताव पास भएपछि शैक्षिक सत्र २०७७ बाट लागु हुने गरी २०७६ बाटै पाठ्यक्रम बनाउन सुरु गरिएको नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले जानकारी गराउनुभयो  ।

   शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रबोधिकरण कार्यक्रममा प्रतिनिधीसभाका सांसद अतहर कमाल  मुसलमानले बोल्दै जिल्ला मै नौलो कामको सुरुवात बाणगंगाले गरेको दावि गर्नु भयो । उहाले यस पाठ्क्रम र पाठ्यपुस्तकले बालबालिकालाई बुद्ध, बुद्धसंग सम्बन्धीत ऐतिहासिक स्थानको बारेमा जानकारीसंगै विद्यार्थी नैतिकवान तथा चरित्रवान बन्ने बताउनुभयो । यस्तै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले विद्यार्थीका लागि मात्रै नभई कपिलबस्तुबासी सबैका लागि पाठ्पुस्तक महत्पुर्ण रहेको बताउदै यो पाठय्पुस्तक जिल्लाका बुद्धस्थल तथा अन्य ऐतिहासिक स्थलहरुको बारेमा अन्तराष्ट्रिय स्तर सम्मै सकारात्मक सन्देश दिन सक्ने औल्याउनुभयो ।

    पूर्वमन्त्री तथा भारतकालागि पूर्व राजदुत दिपकुमार उपाध्यायले कपिलबस्तु जिल्ला ऐतिहासिक हिसाबले हिराको खानी रहेको बताउदै पाठ्यपुस्तमा समावेश गर्न छुटेका पुरातात्विक स्थानहरुलाई आगामी दिनमा समाबेश गर्दै लैजानुपर्ने बताउनु भयो ।यस्तै कार्यक्रमा नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, काँग्रेस जिल्ला सदस्य रवि बहादुर काफ्ले, लुम्बिनी बौद्ध विश्व विद्यालयका गुणखर गैरे, नेपाल शिक्षक महासघंका जिल्ला अध्यक्ष देवकला सुवेदी,नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थी,  पत्रकार संघका उपाध्यक्ष तथा संचारिका समुह लुमिवनीका अध्यक्ष पावती पाण्डे लागएतले बोल्दै जिल्लामै नगरले निकै राम्रो र नौलो काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । 

  नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा अधिकृत खिम बहादुर जिसीले गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, पेशागत शिक्षक संगठनका प्रतिनिधि, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, संचारकर्मी लगायतको सहभागिता थियो । 

तस्बीर: योगेश पाठक फोटो पत्रकार 

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६