प्रदेश

कपिलवस्तु र बुद्ध शिक्षा प्रति उच्च आकर्षण हुने : उपमेयर अर्याल



कपिलवस्तु २२ कार्तिक ।कपिलबस्तुको बाणगंगा नगरपालिकाले तयार पारेको कपिलवस्तु र बुद्ध शिक्षा विषयक स्थानीय पाठयक्रम शुक्रबार प्रध्यानाध्यापकहरुका बिचमा प्रबोधिकरण गरिएको छ । बिहाबार औपचारीक रुपमा लागु गरिएको पाठ्यक्रमको शुक्रबार नगरभित्रका सम्पूर्ण कक्षा ६ र ७ सञ्चालन भएका निमाबि र माबिका सरकारी र संस्थागत बिद्यालयहरुका प्रअका बिचमा प्रबोधिकरण गरिएको हो । जिल्लामै पहिलो पटक तयार पारिएको यस प्रकारको पाठयबस्तु आधारभुत तहको कक्षा ६ र ७ का लागि चालु वर्षवाटै लागु भएको छ ।

    जिसस कपिलवस्तु र बाणगंगा नगरले सहकार्य गरी ‘कपिलबस्तु र बुद्ध शिक्षा ’ विषयक पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारेको हो । यस्तै ६ र ७ सम्बन्धित बिषय पढाउने शिक्षकहरु लागि ४ दिने तालिम पनि आयोजना गरिएको छ । यहि कार्तिक २४ गते देखी २७ गतेसम्म कपिलवस्तु र बुद्ध शिक्षा विषयका बारेमा शिक्षकहरुलाई तालिम दिन लागिएको श्रोत ब्यक्ति कबिराज भण्डारीले बताउनुभयो ।

    शुक्रबार भएको प्रबोधिकरण कार्यक्रम बोल्दै उपमेयर चक्रपाणी अर्यालले बाणगंगा नगरले शुभारम्भ गरेको यो कोर्ष समग्र जिल्लामा लागु हुने चरणमा प्रबेश गरेको औल्याउनु भयो । यसको आकर्षण उच्च हुने औल्याउनु भयो । यता शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले  कपिलवस्तु र बुद्ध शिक्षा आफैमा ऐतिहासिक महत्वको शिक्षा भएको तर्क गर्नु भयो । पाठ्य पुस्तकमा कपिलवस्तु जिल्लाको ऐतिहासिकता, पुरातात्विक, सामाजिक, धार्मिक, र सांस्कृतिक महत्वसंगै बुद्ध र बुद्धको जीवनीसंग सम्बन्धित विषयबस्तुहरुलाई उल्लेख गरिएको शिक्षा अधिकृत खिम वहादुर जिसीले जानकारी दिनु भयो । नगरमा २९ सामुदायिक र १९ वटा संस्थागत गरि ४८ वटा बिद्यालयहरु रहेको छन । 

प्रकाशित : २२ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६