प्रदेश

पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेकपा अनुशासन आयोगको अनुरोध



काठमाण्डौ २४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय अनुशासन आयोगले पार्टीको निर्णय कार्यान्वयन र एकताका बाँकी काम तत्काल पूरा गर्न नेतृत्वसँग अनुरोध गरेको छ ।आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति निकालेर तत्कालै पार्टीको बैठक राखेर आन्तरिक समस्या समाधान गर्न आग्रह गर्नुभएको हो । नेतृत्वबाट दिनहुँजसो गालीगलौज, आरोप प्रत्यारोप तथा पार्टी विभाजन जस्ता अप्रिय कुराहरु सार्वजनिक भइरहेको भन्दै बोहराले यो निकै चिन्ताको विषय रहेको बताउनुभएको छ ।

     पार्टीका निर्णयहरू दराजमा थन्क्याउन नभइ आवश्यकताका आधारमा गरिने भएकोले सबै निर्णयहरु कार्यान्वयन हुनुपर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्नेमा नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै विज्ञप्तिमा पार्टी नेतृत्वको सोच साँघुरो रहेको बताइएको छ ।अहिले नेतृत्व आत्मकेन्द्रित हुँदा पार्टी नै समस्यामा परेको भन्दै अध्यक्ष बोहराले उत्तेजना र गालीगलौजले समस्या समाधान नहुने बताउनुभएको छ । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाउन संयम, धैर्यता र राजनीतिक सुझबुझसहित नागरिक र राष्ट्रका समस्यामा ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन विज्ञप्तिबाट नै अनुरोध गरिएको छ ।

  

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६