प्रदेश

प्रधानमन्त्री ओलीद्धारा किमाथाङ्का नाकाको अवलोकन



काठमाण्डौ  २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नुभएको छ ।झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणाधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतबारे उहाँले जानकारी लिनुभएको छ । त्यसलगत्तै उहाँले बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षण गर्नुहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवप्रसाद आचार्यले जानकारी दिनुभयो ।

 २०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको उत्तर-दक्षिण कोशी राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री ओली अनुगमन सकेर दिउँसो साढे ३ बजे काठमाण्डौ फर्कने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६