जीवनशैली

रोजगार पोर्टल : बेरोजगारले रोजगारी पाउने सजिलो माध्यम



बुटवल २८ कार्तिक । लुम्विनी प्रदेशले ७ वटै प्रदेश मध्ये सबैभन्दा पहिला बेरोजगारलाई रोजगारी दिलाउने रोजगार पोर्टल औपचारीक रुपमा सार्वजनिक गरेको छ । प्रदेशमा बेरोजगारीका समस्याहरुको सहजीकरण गर्ने उदेश्यले लुम्बिनी प्रदेश योजना आयोगले रोजगार पोर्टल संचालनमा ल्याएको हो ।लुम्विनी प्रदेशभित्र रहेका बेरोजगारहरुको पहिचान र उद्योग ब्यवसाय र प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको ब्यवस्थापन गर्ने कार्यमा रोजगार पोर्टल प्रभावकारी हुने  आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले वताउनु भएको छ ।

    बिहिवारबाट सन्चालनमा आएको उक्त रोजगार पोर्टलको माध्यमबाट रोजगारदाता र बेरोजगार जनशक्तिलाई महत्वपुर्ण सहयोग पुग्ने दाविका  साथ पत्रकारहरुले यसको खुबै प्रचार गरेर जनस्तरमा पुराउन मन्त्री केसीले  आग्रह गर्नु भएको छ ।उहाले लुम्विनीका अग्रज पत्रकारहरु माझ यो पोर्टलको विषयमा  वोल्दै यस मार्फत ५० हजारलाई रोजगारी एकै वर्षमा दिन सहयोगी बन्ने अपेक्षा राख्नुभयो । रोजगार पोर्टलले दक्ष अर्धदक्ष जनशक्तिको पहिचान हुने मात्र होईन रोजगारीका अवसर श्रृजना गर्न र प्रतिष्ठानहरुलाई आवश्यक जनशक्ति आपुर्तिमा सहयोग पु¥याउछ मन्त्री केसीले भन्नु भयो । 

    उहाले अरु प्रदेश भन्दा पहिले यो काम लुम्विनीले गरेको केवल रेकर्डकालागि मात्र नभै साच्चै यूवा शक्तिको बिदेश पयालयन रोक्न सुरुवात गरिएको तर्क गर्नु भयो । लुम्विनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा इश्वर गौतमले रोजगार पोर्टलबाट रोजगारी व्यवस्थापनमा सहजहुने अपेक्षा गरिएकोे बताउनु भयो ।क्षमताको आधारमा फाराम भरिसकेको पहिचान गरी व्यवस्थापन गर्न सकिने गरि पोर्टल तयार भएको छ गौतमले भन्नु भयो  ।

    निवेदकले गर्नसक्ने क्षमताको मूल्यांकन गरीत्यसको आधारमा फारम भर्ने व्यतिmहरुलाई प्रदेश बेरोजगार व्यक्तिको निवेदन र रोजगारदाताको निवेदनलाई यो पोर्टलबाट समाधान गर्न सकिने अपेक्षा गरिएको उपाध्यक्ष गौतमले  स्पष्ट पार्नु भयो । पोर्टलमा आवश्यकताका आधारमा जनशक्तिको माग गर्न मिल्ने र रोजगारीको आबश्यकता भएका बेरोजगार जनशक्तिका लागि आफ्नो योग्यता र दक्षता सहितका निवेदनका समावेश गर्न मिल्ने बनाईएको प्रदेश योजना आयोगका सदस्य डा। बिष्णु गौतमले औल्याउनु भयो ।

    रोजगार पोर्टलका आधारमा प्रदेशभित्र रहेका ठूलाठूला,कम्पनीहरु इटा कारखाना, सिमेन्ट उद्योगलगायत विभिन्न उद्योगहरुसग प्रदेश सरकारले सहकार्य गरी क्षमताका आधारमा व्यवस्थापन गर्न सहयोग पुग्छ उहाले  वताउनु भयो । यसबाट प्रदेशभित्र वास्तविक बेरोजगारको संख्या पहिचान भएमा सरकारलाई रोजगारको व्यवस्थापन गर्न सजिलो हुने बिश्वास लिएका छौं डा गौतमको भनाइछ ।कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर वहादुर केसी  सहित रुपन्देही र कपिलवस्तुका अग्रज पत्रकारहरु सहभागि थिए । 

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६