कपिलवस्तु ७ मंसिर । ५ महिना देखि तलब नपाएको आक्रोसमा शिक्षा समन्वय इकाई कपिलवस्तुमा सहयोग अनुदानका शिक्षकहरुले तालावन्दी गरेकाछन् । कार्यालयमा आईतवार तालाबन्दी गरेका हुन् । आफुहरुले पाउनु पर्ने तलब बापतको रकम चालु आर्थिक बर्ष देखि हाल सम्म खान नपाएको र त्यसकालागि सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले समन्वय ईकाईमा ताला हानेका हुन ।
तालाबन्दी पछि उनीहरुले समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरे र अधिकृत अुर्जन कुवरलाई ज्ञापन पत्र समेत दिएका थिए । सरकारले बिद्यार्थी संख्याको आधारमा कम दरबन्दी भएका बिद्यालमया अनुदान बापतको एकमुष्ठ रकम पठाउदै आएको थियो । त्यही रकम शिक्षकलाई खुवाउने गरिएको थियो । तर यस बर्ष अझै सम्म निकासा नहुदा अनुदानका शिक्षकहरुले तलब खान पाएका छैनन ।
माबि, निमाबि र प्राबिकालागि बार्षिकरुपमा एकमुष्ठ रकम दिने गरिएको शिक्षा समन्वय इकाइका प्रमुख थानेश्वर घिमिरेले वताउनु भयो । अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष रेशम खनालले आफुहरुले बिद्यालमया पढाउदै आए पनि ५ महिना देखि तलब नपाएको गुनासो गर्नु भयो । उहाले सरकारले नै तलब नपठाउदा आफुहरु तलबबाट बंचित हुनु परेको सुनाउनु भयो । अनुदानका शिक्षक अरुण श्रीवास्वले सरकारले तलब नपठाएर आफुहरु अन्यौलमा परेको बताउनु भयो । ‘ सरकारी अनुदानको शिक्षक हट्यो भनी स्पष्ट भन्नु पर्छ नत्र हामीलाई तोकिएको समय मै तलब दिनु पर्छ ’ उहाले भन्नु भयो । समन्वय ईकाईका प्रमुख घिमिरेले मन्त्री परिषदबाट कार्यबिधि पास नहुदा निकासामा ढिलाई भएको दावि गर्नु भयो । पुस पहिलो हप्ता भित्र अनुदानको निकासा आउने आफुहरुलाई खबर पाएको उहाले प्रष्टयाउनु भयो । तलव नआउदै निकासा पाउँ भनेर तालावन्दी गर्नु कत्तिको औचित्यपूर्ण होला भन्दै शिक्षकले लगाएको ताला आफै खोल्ने उहाले तर्क गर्नु भयो ।
प्रतिक्रिया