बुटवल ८ मंसिर । अख्तियारको प्रगति विवरण चालु आर्थिक वर्षको चार महिनामा पनि स्थानीय तहसँग सम्बन्धित सबैभन्दा धेरै उजुरी परेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दर्ता भएका गरि स्थानिय तहसँग सम्बन्धित ३ सय २९ वटा उजुरी अख्तियार बुटवल कार्यालयमा दर्ता भएको छ । जसमा ७५ वटा फस्र्योट भइसकेका छन् । श्रोतका अनुसार कपिलवस्तुको यशोधरा गाउपालिकाका उजुरी सबै भन्दा धेरै छन् । स्थानीय तहपछि शिक्षासँग सम्बन्धित १ सय ५२ वटा उजुरी दर्ता भएको छ ।
त्यसैगरी भूमि सम्बन्धी ६९, वनसम्बन्धी ३८, भौतिक पूर्वाधार तर्फको १९, कृषि सम्बन्धी २८, स्वास्थ्यको १७, उर्जा र सिचाइँको ४०, खानेपानी तथा शहरी विकासको ६ र अन्य ८१ उजुरी दर्ता भएको छ । कुल ७ सय ५४ वटा उजुरी मध्ये ७ सय १३ वटा फस्र्योट भएको अख्तियार बुटवल कार्यालयले चौमासिक प्रगती विवरणमा उल्लेख छ ।
जिल्लागत रुपमा हेर्दा अख्तियार बुटवल कार्यालयमा सबै भन्दा बढी रुपन्देहीबाट उजुरी दार्ता भएको छ । चालु आर्थिक वर्ष र गत आर्थिक वर्षबाट सरी आएका गरेर यो वर्ष २ सय ४० वटा उजुरी रुपन्देहीबाट दर्ता भएको छ । कपिलवस्तुबाट १ सय ४१ र नवलपरासी पश्चिममा ९४ वटा उजुरी दर्ता भएको छ । प्रदेशको दाङ र बर्दियाबाट यो वर्ष हालसम्म कुनै उजुरी दर्ता नभएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया