पर्यटन

पाटनको प्राचीन अग्निशालामा जस्ता हटाएर तामाको छाना हालिने



ललितपुर, १६ मङ्सिर । ललितपुर महानगरपालिका–१९ स्थित प्राचीन अग्निशालामा जस्ताको छाना हटाएर अब तामाको छाना राखिने भएको छ ।  महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर गौरवशाली योजनाअन्तर्गत उक्त काम अघि बढाउन लागेको हो । पुरानो सम्पदालाई जोगाइराख्न महानगरपालिकाले रु ४० लाख बजेट छुट्याइसकेको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “अब तुरुन्तै यो काम अघि बढाइनेछ । एकदम राम्रोसँग काम सम्पन्न गर्न सबैलाई आग्रह गर्दछु ।” 

कुमारीपाटीमा रहेको कोरियन सप नजीकैको पेट्रोल पम्पबाट हिँडेर दुईदेखि तीन मिनेट परका ती अग्निशालामा पाँच छुट्टाछुट्टै धुनी छन् । यसमा निरन्तर आगो बलिरहने अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “धार्मिक मान्यताअनुसार काठ बालेर निकालिएको आगो काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको रापबाट निकालिएको सूर्याग्नि, पानीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटाबाट निकालिएको जठराग्नि नामक अग्नि पाँच धुनीमा बालिन्छ ।”  चार हजार वर्षअघि सो अग्निशाला निर्माण भएको अनुमान गरिएको र सोबारे उल्लेख भएका शिलालेख हालसम्म कतै नभेटिएको पुजारीहरुको भनाइ छ । सो अग्निशालामा पूजापाठ गर्दा लागेको ग्रहदशा हटेर जान्छ भन्ने मान्यता छ ।

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६