खेलकुद

फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक



काठमाण्डौ २३ मंसिर । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक भएको छ ।यूईएफएले गएराति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ । सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।

समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जमबर्ग र अजरबैजान रहेका छन् । यस्तै समूह बी मा स्पेन, स्वीडेन, ग्रीस, जर्जिया र कोसोभो परेका छन् । यस्तै समूह सीमा इटली, स्वीटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनीय, समूह डी मा फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिनार काजकास्तान, समूह ई मा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस र एस्टोनिया रहेका छन् ।

यस्तै समूह एफुमा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभा रहेका छन् । समूह जीुमा नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटार, समूह एचमा क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टा रहेका छन् भने समूह आईमा इङ्ग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो तथा समूह जेमा जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइन रहेका छन् ।

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६