काठमाडौं २३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।ती मन्त्रीका अनुसार दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस भएको हो।
२३ मंसिर २०७७, मंगलबार








प्रतिक्रिया