शिक्षा

अर्घाखाँची कारागारमा १ सय बढि पुस्तक हस्तान्तरण



कपिलवस्तु २६ मंसिर । सा : विद्या या विमुक्तेयु भन्ने नारालाई हृदयङ्गम गर्दै राष्ट्रिय पुस्तकालय अभियानको अभियन्ताहरूले अर्घाखाँचीको सदरमुकाम सन्दिखर्क स्थित जिल्ला कारागारमा पुस्तकालय स्थापना गरेका छन्। कारागारलाई नै सुधारकेन्द्र बनाउन सकिने उद्देश्यका साथ कारागार गएका अभियन्ताहरूले अपराध एउटा रोग भएको र यो रोग निको बनाउन पुस्तक सहायक हुनसक्ने कुरे राखेका थिए।

देश व्यापिरूपमा नै कारागारभित्र पुस्तकालय बनाउने उद्देश्यले अगाडि बढेका उनीहरूले यो भन्दा अघि कात्तिक ३० गतेकादिन जील्ला कारागार कपिलवस्तुमा पुस्तकालय स्थापना गरेका थिए।बिशिष्ठ अतिथि रहनु भएका जिल्ला प्रमुख पौडेलले यो अभियान उत्कृष्ट भएकोले यतिमा मात्र सीमित नभएर देशका अरू युवालाई पनि यो सिकाउन सकियोस र कैदीलाई हेर्नुपर्ने दृष्टिकोण बदल्नुपर्ने कुरा राख्नुभयो।

अभियानका अभियन्ताहरू गौरव पौडेल, हरि खनाल, सुनीता बेल्बासे ,दिवश राज पौडेल, असिम भट्टराई, आरती अर्याल र बिक्रम क्षेत्रीले सामाजिक सञ्जालको माध्ययमबाट अरूले पढि सकेका पुराना तथा नयाँ पुस्तकको सङ्कलन गरि देशका विभिन्न कारागार तथा बिकट क्षेत्रका विद्यालयहरूमा पुस्तकालय स्थापना गरिरहेका छन्।विशिष्ठ अतिथिकै रूपमा रहनुभएका जिल्ला शिक्षा अधिकारीले यस्तो कुरा आफूले पहिला पनि विचार गरेर पनि गर्न नसकेको कुरा राख्नुभयो।

“कैदीहरूलाई पनि सहि मार्गदर्शन गर्नसके उनीहरूलाई समाजमा पुनःस्थापना गर्न सहज हुन्छ तथा राम्रो ज्ञान सिकेर समाज परिवर्तनमा योगदान दिन सक्छन् भन्दै कारागार भित्रको पुस्तकको पुर्ण जिम्मेवारी सम्हालने तथा जतिबेला पनि अनुगमनमा अभियन्ताहरू आउन सक्नुहुन्छ ” कारागार प्रमुख नुमलाल पन्थीले आफ्नो पुर्ण सहयोग तथा समर्थन जनाउनुभयो।दिवश राज पौडेलको संयोजकत्व तथा बिक्रम क्षेत्रीको सह- संयोजकत्व र सुनिता बेल्वासेको सन्चालनमा सम्पन्न भएको थियो। सो कार्यक्रमलाई अभियान देश व्यापिरूपमा लैजाने र अरूलाई पनि यो कुरा सिकाउने भन्दै संयोजकले कार्यक्रमको अन्त्य गर्नुभयो।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६