सूचना र प्रविधि

हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने



काठमाण्डौ २७ मंसिर । आज पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएकाले सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले बताएका छन् । हुस्सु लागेको समयमा दुर्घटनाको जोखिम धेरै हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकोले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

आज दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का पानी पर्ने र प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै आज राति प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ का केही पहाडी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित : २७ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६