कपिलवस्तु पुस ४
कपिलवस्तु डाेरीतान संघकाे प्रथम अधिवेशन शनिवार गाेरूसिङ्गेमा सम्पन्न भएकाे छ । अधिवेशनमा बेल्दै बुद्धभुमि नगरपालिका नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाले खेलकाे विकासका लागि प्राथमिकता दिएकाे बताउनु भयाे । डाेरीतान , ब्याडमिन्टन, उसु, राष्ट्रपति कप, मेयर कप लगायतका खेल प्रतियाेगिताबाट खेलाडीकाे प्रतिभा देखाउने पाएकाे बताउनु भयाे।
कपिलवस्तुले दुवहीमा सम्पन्न दाेस्राे मनमाेहन डाेरीतान प्रतियाेगितामा प्रदेशकाे तर्फबाट प्रतिनिधित्व गरेकाे थियाे ।उक्त प्रतियाेगितामा उत्कृष्ठ खेलाडीकाे रुपमा पुरस्कृत भएकाे थियाे । बुद्धभुमी नगरपालिकामा नगर स्तरीय खेल समेत सम्पन्न गरेकाे थियाे । २०७५ साल पुस १४ गते स्थापना भएकाे संघले गाेरुसिङ्गेमा कार्यालय राखी कृयाकलाप गर्दै अाएकाे छ ।
संघले अाउने वर्ष देखि सबै पालिकामा समिती गठन गरि खेल गतिबिधी सञ्चालन गर्ने मिनराज बेल्वासेले बताउनु भयाे । कार्यक्रममा काेषाध्यक्ष चन्द्रिका अर्याल ले १ लाख ५ सय ६५ रुपैयाकाे अाय व्यय प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा खेलप्रेमी राजु शाक्य , याेग संघका जिल्ला अध्यक्ष डा दिपक पन्थी , कंराते संघका जिल्ला अध्यक्ष रामु सुनार , प्याव्सन जिल्ला अध्यक्ष शिव गैरे , बुद्धभुमी नगरपालिका नगर प्रवक्ता पवन कुमार थारू, भिम पाेख्रेलले शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।
प्रतिक्रिया