खेलकुद

नेपाली खेलकुदको अभिलेखीकरण गरिने



काठमाण्डौ ६ पुष । नेपाली खेलकुदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीले नेपाली खेलकुदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजना ऐतिहासिक भएको बताउनुभयो । खेलकुदको इतिहासलाई जगेर्ना गर्न सङ्ग्रहालयको परियोजना सफल हुने उहाँको भनाइ थियो । पहिलो चरणको सहयोगअन्तर्गत सङ्ग्रहालयको कामअघि बढाइएको र अरू काम पनि साथसाथै अघि बढाइने श्रेष्ठले बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आईओसीले अभिलेखीकरणको परियोजना सञ्चालन गर्न सहयोग गरेको हो । यस परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । खेलकुदको इतिहासमा अभिलेखीकृत गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न परियोजना सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।​ एनओसी र नेपाल ओलम्पिक सङ्ग्रहालयको सहकार्यमा नेपाली खेलकुदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०– २०२१ सुरु भएको हो । यस कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटी र ओलम्पिक सङ्ग्रहालयबीच गएको मार्चमा सम्झौता भएको थियो । 

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६