प्रदेश

संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो



 काठमाडौं ६ पुस। संसद् विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ । आइतबार दुई वटा रिट प्राप्त भएकोमा सोमबार दिउँसोसम्म सात वटा आइसकेको र अझै पनि आउने क्रम चलिरहेको प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।सर्वोच्चमा आएका रिट दर्ताको लागि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रक्रिया पूरा भएका रिट दर्ताको प्रक्रियामा रहेको पोखरेलको भनाइ छ ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने प्रस्ताव स्वीकृत गर्नुभएको छ । यसको विरोधमा सडकमा प्रदर्शन सुरु भएको छ भने कानुन व्यवसायी र अधिकारकर्मीले सर्वोच्चमा रिट दर्ताको निवेदन दिइरहेका छन् ।  

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६