प्रदेश

वामदेव निवास पुगे नेपाल, खनाल र श्रेष्ठ



काठमाडौं ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी गएका छन् ।गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए ।विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् । यसअघि भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको समूहमा थिए ।तर, गुटभेलामा भने सहभागी नहुने अडान लिएका छन् । कतै पनि सहभागी नभएका अर्का नेता रामबहादुर थापा बादललाई भेट्न मंगलबार बिहान प्रचण्ड पुल्चोक पुगेका थिए ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६