अर्थ-वाणिज्य

पशुजन्य उत्पादनमा उत्कृष्ट बन्दै पाणिनि



अर्घाखाँची १० पुष । लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहमध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेको भन्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका पुरस्कृत हुन छनोट भएको छ । नेपाल सरकार पशुसेवा विभागको स्थापना दिवसको अवसरमा पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशभित्रका अन्य पालिकामा भन्दा पशुजन्य उत्पादनको कार्यमा उत्कृष्ट काम गरेकाले छनोट भएको हो ।

प्रदेशभित्र रहेका १०९ स्थानीय तहमध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनि गाउँपालिकाले उत्कृष्ट कार्य गरेको भन्दै गाउँपालिकाका अच्युत गौतमले आफ्नो पालिकालाई पुरस्कृत गर्न छनोट गरेको जानकारी दिनुभयो । उहाँले कृषि र पशुपालनबिना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताउनुभयो ।

 पाणिनि गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यी वस्तु निर्यात गरिरहेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनुपथ्र्यो । यस वर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवालाई कृषिमा लगाउन झण्डै रु तीन करोड विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष गौतमले जानकारी दिनुभयो । यस वर्ष सो गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच अनुदानसमेत दिने भएको छ ।

गत वर्ष दूधमा प्रतिलिटर रु २.५५ का दरले अनुदान दिएको थियो ।गाउँपालिकामा १० डेरी र पाँच पोल्ट्रीफार्म सञ्चालित छन् । यी डेरीले गत आर्थिक वर्षमा आठ लाख ६० हजार १३९ लिटर दूध सङ्कलन गरेको र पोल्ट्रीफार्मले दिनैपिच्छे २२ हजार अण्डा उत्पादन गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७५\७६ मा अष्ट्रेलियाबाट २५ वटा बोयर बाख्रा ल्याएको थियो । 

आफ्नो गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लगोको गाउँपालिका अध्यक्ष गौतमले बताउनुभयो । अहिले यहाँ २३ बोयर पाठापाठी हुर्केका छन् । पच्चीस किलोसम्मको तौल भएका  पाठीको मूल्य रु एक लाख २० हजार र पाठाको मूल्य रु एक लाख ५० हजार तथा २५ केजीभन्दा बढी तौल भएमा प्रतिकेजी थप रु तीन हजारका दरले बिक्री वितरण गर्ने गरी मूल्य कायम गरिएको छ ।

उत्पादन भएका बाख्रा हाललाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्थासमेत गरिएको छ । अड्गुरी मैदान र पोखराथोक गरी तीन स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ । बाख्राको बीमा, दाना, औषधोपचार र खोर निर्माण खर्चसमेत शुरुका वर्ष पालिकाले दिँदै आएको छ ।

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६