प्रदेश

सफ्टवेयरको दुरुपयोग,कीर्ते नागरिकता वितरण गर्ने कर्मचारी सहित तीन पक्राउ



झापा १३ पुष । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, त्यही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह-७ का ५९ वर्षीय कृष्णप्रसाद तिमल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

उनीहरुले साविक जुरोपानी-८, अहिले गौरादह नगरपालिका-७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४-०६-७७-००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४-०६-७७-००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४-०६-७७-००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको प्रवक्ता थापाले बताउनुभयो ।वितरण गरिएको नागरिकताको नागरिकतासम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा छैनु, उहाँले भन्नुभयो, नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता कीर्ते गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उल्लेखित नागरिकता प्राप्त गर्ने व्यक्ति नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरेपछि  विवरण ‘इडिट’ (सच्याएर) गरी पुनः विभिन्न मितिमा त्यही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको खुलेको उहाँले बताउनुभयो । साह, आलम र तिमल्सिनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६