प्रदेश

जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै पुनर्स्थापना गर्ने विश्वास : भुसाल



बुटवल १३ पुष । नेकपा नेता घनश्याम भुसालले  सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्। रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही (प्रचण्ड नेपाल) समूहले गरेको जिल्ला भेलामा सहभागी हुन आएका भुसालले पत्रकारहरूसँग कुरा गर्दै प्रतिनिधि सभा पुनर्स्थापना नभएमा मुलुक सत्यनासतिर जाने बताए।

उनले भने-अफ्रिकाका केही मुलुकमाबाहेक अरू मुलुकमा जनमत र संविधानको पालना नहुने सुनेको छैन मैले, त्यसैअनुसार हामीकहाँ अझैपनि संविधान र जनमतको सम्मान गर्न, स्थीरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्छ।उनले अदालतले सरकारको दबाबमा प्रतिनिधि सभा पुनस्थापना नगरे जनताले पुनस्थापना गर्ने बताए। उनले आफुहरू पार्टी र मुलुकलाई अस्थीरतातर्फ धकेल्न नखोजेको बताउँदै पार्टी बचाईराख्न खबरदारी थालेको बताए।

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६