प्रदेश

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचका विविध आयामबारे विचारविमर्श



काठमाडौँ १३ पुष । नेपाल कम्युनिष्ट पार्टी  दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार उहाँहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभागका उपमन्त्रीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल भ्रमणमा आएको हो ।  यस्तै आजै सो समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि चिनियाँ कम्युनिष्ट पार्टीकोे प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम  छ ।

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६