प्रदेश

नेकपाको नामलाई लिएर परेको मुद्दा आज पेशीमा चढ्यो



 काठमाडौं १४ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई लिएर परेको मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ ।तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो ।त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो ।तर नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला यो मुद्दा फेरि पेसीमा चढेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६