लुम्बिनी

विघटनमा भारतको हात देख्नेहरु उतैका दूत हुन् :पराराष्ट्रमन्त्री



पाल्पा १८ पुस ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले भारतीय इशारामा संसदको विघटन भएको आरोप लगाउनेहरु नै नेपालमा राजनीति गर्ने भारतीय दूत रहेको वताउनु भएको छ । उहाले नेकपा भित्रै विकसीत भएको नेतृत्व अपदस्त गर्ने तयारीको प्रतिवाद स्वरुप प्रतिनिधी सभा विघटन भएको स्पष्ट पार्नु भयो । 

    नेपाल पत्रकार महासङ्घ पाल्पाले  तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराउनुभयो । भारत र चीन नेपालको विकासमा प्रस्पिर्धामा रहेको उहाको भनाइछ । 

    ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताउनुभएको छ । उहाँले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताउनुभयो । सरकारले नेपाल र नेपालीको शिर उचो राख्नका लागि कालापानी लिम्पियाधुरा नक्सामा समावेश गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६