सूचना र प्रविधि

नेकपा विवादमा प्रवेश गर्न नियम बाधक ,आयोगको नियमावली संशोधन



काठमाडौँ । नेकपा विवादमा प्रवेश गर्न आफैंले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारबाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ ।निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा एक सय २० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ ९६० मा निर्वाचन अवधिभर विवाद निरूपण सम्बन्धमा कुनै कारबाही नगरिने भनिएको छ ।

निर्वाचन प्रयोजनका लागि आयोगले माघ दोस्रो साता दल दर्ताको समय दिँदै छ । विवाद नटुंगिँदा नेकपालाई निर्वाचन प्रयोजनका लागि दल दर्ताको प्रक्रियामै झमेला हुने थियो । दल दर्ताको प्रक्रिया सकिएर विवाद निरूपण भएको अवस्थामा दुवै पक्षलाई निर्वाचन प्रयोजनकै लागि दल दर्ता गर्न छोटो अवधि दिन सकिने व्यवस्था नियमावलीमा थपिएको छ । नियमावलीको नियम १६(१)मा १(क) थप गरी विवाद निरूपणपछिको अवस्थामा दल दर्ताका लागि छुट्टै समय दिन सकिने व्यवस्था गरिएको छ ।  कान्तिपुर दैनिक

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६