खेलकुद

वुमन्स सुपर लिगको दुई खेल स्थगित



एजेन्सी २४ पुष । इंग्ल्यान्डको वुमन्स सुपर लिग फुटबल अन्तर्गत शनिबार तय भएको दुई खेल स्थगित भएको छ ।खेलाडीमा कोरोना देखिएपछि म्यानचेस्टर सिटी र आर्सनलले खेल्ने दुई खेल स्थगित भएको हो ।लिगमा सिटीले घरेलु मैदानमा वेस्ट ह्यामसँग खेल्ने तालिका रहेको थियो ।तर, सिटीका चार खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित भएको हो ।यस्तै आर्सनलले एस्टन भिल्लासँग खेल्ने तालिका थियो ।आर्सनलका एक खेलाडी कोरोना देखिएपछि यस खेल समेत स्थगित गरिएको हो ।सुपर लिगले स्थगित दुई खेलको नयाँ मिति क्लबसँगको छलफलपछि सार्वजनिक गर्ने बताएको छ ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६