बिजनेस

चिडिमारलाई जिन्दगी कै ठूलो उपलब्धी



कोहलपुर २७ पुस । कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका ३४ घरपरिवार चिडीमारले नयाँ पक्की घर उपहार पाएका छन् । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत त्यहाँका ३४ घर चिडीमारले नयाँ पक्की घर उपहार पाएका हुन् । बराण्डा र शौचालयसहित दुई कोठे नयाँ पक्की घर पाएपछि चिडीमार बस्तीमा उत्सव छाएको थियो । नयाँ घर पाएपछि उनीहरु दङ्ग र प्रफुल्लित छन् ।

   “हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो”, नयाँ घरमा सरेपछि विनोद चिडिमारले भन्नुभयो, “अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।” “पहिले माटोको घर थियो । सरकारले पक्की घर बनाइदियो”, उहाँले भन्नुभयो, “हामी खुशी छौं । पक्की घरमा बस्न पाएका छन् ।” पुस्तौँदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका चिडीमारका लागि नयाँ पक्की घर अहिले नसोचेको उपहार बनेको छ ।

    शहरी विकास तथा भवन कार्यालय, बाँकेले कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका दुई ठाउँ गरेर ३४ पक्की घर बनाएका छन् । एक ठाउँमा १५ र अर्को ठाउँमा १९ गरी कार्यालयले कूल ३४ नयाँ पक्की घर बनाइदिएको हो । कार्यालयका प्रमुख रामआश्रय शाहले आर्थिक वर्ष २०७६/७७ मा चिडिमारलाई ६१ घर बनाइदिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोहलपुर वडा नं १२ मा ३४, १४ मा १५ र १५ नंमा १२ घर बनिसेकका छन् । आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकरको सशर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन् । आर्थिक वर्ष २०७७ /७८ का लागि वडा नं १२ मा ११ घर बनाउने सम्झौता भएको छ ।

    कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा ३३ घर बनेका थिए । वडा नं १५ मा १४ र वडा नं १४ मा १९ घर रहेका छन् । शहरी विकास तथा भवन कार्यालय, बाँकेका प्रमुख शाहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णयानुसार एक हजार ३७ र पुरानो सङ्घीय कार्यालयबाट निर्माणाधीन ८२९ गरी एक हजार ८६६ मध्ये एक हजार ३५५ घर बनिसकेको जानकारी दिनुभयो । सरकारले एउटा घर बनाउन रु तीन लाख ३६ हजार दिएको थियो ।

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६