पर्यटन

रिडीमा स्नान गर्नेको घुइँचो, माघे संक्रान्ति मेला लागेन



 गुल्मी  १ माघ तीन जिल्लाको संगमस्थल रुरुस्थित रिडीमा माघे संक्रान्तिको अवसरमा लाग्ने मेला नलागे पनि नुहाउनेको भीड लागेको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा कालीगण्डकी नदीमा नुहाउनेको भीड लागेको हो । कोरोना महामारीका कारण यो वर्ष रिडीमा नलागेकोरुरुक्षेत्र गाउँपालिका(१ का वडाअध्यक्ष रामलाल बिश्वकर्माले बताए ।

     तर, रिडीस्थित कालीकगण्डकी क्षेत्रमा स्नान गर्ने श्रदालु भक्तजनको भने भीड लागेको उनको भनाइ छ । अघिल्ला वर्षको जस्तै श्रदालु भक्तजनहरु बिहानैदेखि आएको रुरुक्षेत्र ऋषीकेश मन्दिरका पण्डित चुरामणि तिमिल्सिनाले जानकारी दिए । 

    यसैबिच त्रिशूली र कालिगण्डकीको संगमस्थल देवघाट बेणीमा आज माघे संक्रान्तिका अवसरमा मेला लागेको छ । पवित्र धार्मिकस्थल देवघाटको बेणीमा माघे स्नान भक्तजनहरुको घुइँचो लागेको छ । स्नान गर्नका लागि भारतबाट समेत भक्तजनहरू आउने गरेका छन । कोरोना महामारीका कारण गतबर्ष भन्दा भक्तजनको संख्यामा केही कमी आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ।

यता परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइएको छ । यसदिनदेखि सूर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको घुईचो लागेको थियो ।

    यसदिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ । थारु, मगर र छन्त्याल समुदायल भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाउँछ । सरकारले माघे संक्रान्तिका अवसरमा सार्वजनिक विदा समेत दिएको छ । 

प्रकाशित : १ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६