सूचना र प्रविधि

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान



काठमाण्डौ ११ माघ । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ ।केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको हो ।विभागले करिब २९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारी समेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणना गरिने विभागको भनाइ छ ।

२०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।जनगणना विभिन्न प्रविधि अपनाएर गरिने उहाँको भनाइ छ । मानिसको जनगणनाको अलवा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उहाँले बताउनुभयो ।

अनलाइन दरखास्त केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अन्तर्गत सबडोमेन http://www.censushrms.cbs.gov.np/  तथा केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट http://www.cbs.gov.np/  मा गएर भर्न सकिनेछ ।राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक पालिकाकै जनशक्तिबाट गर्ने तथा पालिकामै तालिमको व्यवस्था गरिने बताउनुभयो । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको उहाँको भनाइ छ । राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो । नेपालमा विसं १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौं जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको ।

प्रकाशित : ११ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६