कपिलवस्तु १२ माघ ।जाडो बढे पछि कपिलवस्तु नगरपालिकाले थप ४ दिनकालागि बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । शीतलहरका कारण जाडो बढे पछि पठनपाठनमा समस्या आए पछि बिद्यालयमा जाडो बिदा थपिएको हो । अन्य पालिकाले आज भोलीमा निर्णय गर्ने मानसिकता वनाएको वताइएको छ । सूरुमा गत माघ ८ देखि माघ १० सम्मकालागि नगरपालिकामा रहेको सबै सरकारी र निजी बिद्यालयहरु बन्द गरिएको थियो ।
नगर शिक्षा समितिको निर्णय अनुसार ४ दिनकालागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा ईकाईका उप सचिव हरि प्रसाद ज्ञवालीले बताए । माघ १५ देखि बिदालय संचालन हुने बताईएको छ । जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको ज्ञवालीले बताए । जाडोले गर्दा प्राबिमा पढने स–साना बिद्यार्थीहरु बढी प्रभावित बनेका थिए । जाडोले गर्दा बिद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउछन । ‘ स–साना बिद्यार्थी लुगलुग काम्ने, रुघाखाकी र ज्वरोले प्रभावित हुन थालेका थिए ’ शिक्षकहरु भन्छन । नगरपालिकामा ६० बढी बिदालयहरु छन ।
उ ता मायादेबबी गाउपालिमा समेत बिद्यालयमा ३ दिनकालागि जाडो बिदा दिइएको छ । स्वास्थय तथा अध्ययन अध्यापन कार्यमा असर गर्ने भन्र्दै गाउपालिमा भित्र रहेको सबै बिद्यालय बन्द गरिएको हो । गाउपालिका शिक्षा शाखाका प्रमुख अमिन प्रसाद कुर्मीले सुचना निकाल्दै गाउपालिका भित्र रहेका सबै बिद्यालयमा ३ दिनकालागि बन्द गर्ने जनाएका छन । माघको सूरु देखि नै कपिलवसतुमा पश्चिमेली हावासंगै बाक्लो हुस्सु र शीत लहरले जनजीवन प्रभावित हुदै आएको छ ।
प्रतिक्रिया