लुम्बिनी

बुद्दभुमी नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी



कपिलवस्तु १२ माघ । आगामी बैशाख महिना भित्र  बुद्दभुमी नगरपालिकालाई  पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा  गर्ने तयारिमा रहेको  स्वास्थ चौकी प्रमुख डोलबिक्रम बेल्वासेले जानकारी दिनुभएको छ । घोषणा कार्यक्रमका लागि नगरमा १५ महिनाभित्रका बालबालिकाको खोप विवरण संकलन,छुट भएका बालबालिकालाई खोप लगाउन योजना बनाउने, खोप विवरण सर्वेक्षण गरि सुचि तयार गर्ने लगायतका कार्यक्रम संचालन समेत भैरहेका छन । नगरमा बच्चा खोजौ र खोपौ अभियान सन्चालन गरिएको छ । अभियान अन्तर्गत खोप लगाउन छुटेका ५ वर्ष भित्रका बालबालिकालाई पहिचान गरि खोप दिन समेत सुरु गरिएको बेल्वासे जानकारी दिनुभयो । 

बुद्धभुमि नगरपालीका वडा नं २ को स्वास्थ्य कार्यालयमा सम्पन्न  पुर्ण खोप समन्वय समितिको पुर्ण खोप तथा दिगोपनाका लागि अभिमुखिकरण कार्यक्रममा बोल्दै बेल्वासेले सो जानकारी गराउनुभएको हो । कार्यक्रममा नियमित खोप सुदृढीकरण गरि राष्ट्रिय खोप तालिका अनुसार प्रदान गर्ने सबै खोप सबै बालवालिकाले पुर्णरुपमा प्राप्त गरेको सुनिश्चित गर्ने , जिल्लाका सबै स्थानिय तह पुर्ण खोप सुनिश्चित भएपछी वार्षिक रुपमा पुर्ण खोप जिल्ला र प्रदेशमा सुनिश्चित र प्रमाणीकरण गर्ने, खोप कार्यक्रमको प्रभावकारी सन्चालन व्यवस्थापन , गुणस्तर कायम गर्न स्थानिय तहको क्षमता विकास गर्ने, खोप कार्यक्रमको सुदृढीकरण स्थानिय तहका सरोकारवालाको सहभागीता, अपन्त्व र साझेरी विकास गर्ने लगायतका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा वडां नं. २ मा ३ बर्षको नियमित खोप कार्यक्रमको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । स्वास्थ चौकी व्यवस्थापन समितिका अध्यक्ष भेषराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जयनगर स्वास्थ्य चौकिका प्रमुख  डोलबिक्रम बेल्वासेले स्वागत मन्तव्य राख्नुभएको थियो ।अभिमुखिकरण कार्यक्रमको सन्चालन स्वास्थ चौकिका अहेव बुद्दिराज आचार्यले सन्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, युवा, विभिन्न सघं सस्थाका प्रतिनिधि , विधाल व्यवस्थापनका समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६