अन्तर्राष्ट्रिय

स्पेन -कपिलवस्तु भगिनी बन्धनमा : तिलौराकोटको पवित्र माटो स्पेनमा बुद्ध गार्डेन



 कपिलवस्तु १३ माघ  । स्पेनमा रहेका पालिकासंग दौतरी कायम गर्न प्राचिन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थल तिलौराकोटको पबित्र माटो स्पेन पठाइएको छ । कपिलवस्तु नगरपालिका सहीत बुद्धसंग सम्बन्धित स्थलहरु रहेको पालिकाहरु र स्पेनमा रहेको पालिकासंग दौतरी सम्बन्ध कायम गर्न तिलौराकोटको माटो स्पेन पठाइएको हो । 


स्पेनको काथेरेसमा गराउन लागेको बुद्धमुर्ती सहितको लुम्बिनी गार्डेन परियोजनाका लागि माटो पठाइएको हो ।  स्पेनको काथेरेसमा निर्माण गरिएको बिशाल बुद्ध मुर्तिको साथमा राखी पुजा पुजा गर्नकालागि तिलौराकोटको माटो पठाइएको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले बताए । तिलौराकोटको माटो स्पेन पठाउनकालागि सोमबार दिउसो मेयर किरण सिंहले तिलौराकोटको माटो ग्रहण गरेका थिए ।

 तिलौराकोटको किनारमा रहेको राजकीय विहारका भिक्षुले माटो संकलन गरी मेयर सिंहलाई हस्तान्तरण गरेका थिए । प्राचिन कपिलवस्तुलाई अन्तर्राष्ट्रयरुपमा प्रचारप्रसारमा अभिबृद्धि गर्ने उद्देश्यले स्पनेमा निर्माण हुन लागको बुद्धुमर्तिमा पुजापाठ गर्न तिलौराकोटको माटो पठाइएको बताए । नेपाल र बुद्ध संग सम्बन्धित पालिका एवम् क्षेत्रहरुको  पर्यटन , कृषि , स्वास्थ्य , शिक्षा , वातावरण , खेलकुद लागायतका क्षेत्रक विकासमा अन्तर्राष्ट्रिय आर्थिक प्राविधिक सहयोगका लागि माटो पठाइएको उनले बताए । 

‘ विश्व शान्तिका दुत भगवान गौतम बुद्ध जन्मेको एव सर्बोच्च शिखर सगरमाथाको देश नेपाल भनी  अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देशका साथ माटा पठाइएको  हो ’ मेयर सिंहले भने । संकलन गरिएको माटो लुम्बिनी गार्डेन फाउन्डेसनलाई हस्तान्तरण गरिएको सिंहले  बताए । तिलौराकोट दरबार बुद्धले २९ बर्ष बिताएको स्थल हो । 

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६