कपिलवस्तु १३ माघ । स्पेनमा रहेका पालिकासंग दौतरी कायम गर्न प्राचिन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थल तिलौराकोटको पबित्र माटो स्पेन पठाइएको छ । कपिलवस्तु नगरपालिका सहीत बुद्धसंग सम्बन्धित स्थलहरु रहेको पालिकाहरु र स्पेनमा रहेको पालिकासंग दौतरी सम्बन्ध कायम गर्न तिलौराकोटको माटो स्पेन पठाइएको हो ।
स्पेनको काथेरेसमा गराउन लागेको बुद्धमुर्ती सहितको लुम्बिनी गार्डेन परियोजनाका लागि माटो पठाइएको हो । स्पेनको काथेरेसमा निर्माण गरिएको बिशाल बुद्ध मुर्तिको साथमा राखी पुजा पुजा गर्नकालागि तिलौराकोटको माटो पठाइएको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले बताए । तिलौराकोटको माटो स्पेन पठाउनकालागि सोमबार दिउसो मेयर किरण सिंहले तिलौराकोटको माटो ग्रहण गरेका थिए ।
तिलौराकोटको किनारमा रहेको राजकीय विहारका भिक्षुले माटो संकलन गरी मेयर सिंहलाई हस्तान्तरण गरेका थिए । प्राचिन कपिलवस्तुलाई अन्तर्राष्ट्रयरुपमा प्रचारप्रसारमा अभिबृद्धि गर्ने उद्देश्यले स्पनेमा निर्माण हुन लागको बुद्धुमर्तिमा पुजापाठ गर्न तिलौराकोटको माटो पठाइएको बताए । नेपाल र बुद्ध संग सम्बन्धित पालिका एवम् क्षेत्रहरुको पर्यटन , कृषि , स्वास्थ्य , शिक्षा , वातावरण , खेलकुद लागायतका क्षेत्रक विकासमा अन्तर्राष्ट्रिय आर्थिक प्राविधिक सहयोगका लागि माटो पठाइएको उनले बताए ।
‘ विश्व शान्तिका दुत भगवान गौतम बुद्ध जन्मेको एव सर्बोच्च शिखर सगरमाथाको देश नेपाल भनी अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देशका साथ माटा पठाइएको हो ’ मेयर सिंहले भने । संकलन गरिएको माटो लुम्बिनी गार्डेन फाउन्डेसनलाई हस्तान्तरण गरिएको सिंहले बताए । तिलौराकोट दरबार बुद्धले २९ बर्ष बिताएको स्थल हो ।
प्रतिक्रिया