माघ १३ कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालमा सुरक्षित गर्भपतन तथा प्रसुति सेवाको सुभारम्भ गरिएको छ । सोमबार भव्य कार्यक्रमका विच वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले रिवन काटेर सेवा सुभारम्भ गरिएको अस्पतालका प्रशाशकिय अधिकृत चन्द्रकान्त पोख्र्रेलले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर मंगल प्रसाद थारुले वाणगंगा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोले कपिलवस्तु सामुदायिक अस्पतालका लागि पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा आमन्त्रित अतिथीहरुलाई स्वागत गर्दै अस्पताल विकास समितिका सदस्य समेत रहनु भएका कपिलवस्तु सञ्चार सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले अस्पतालले यस क्षेत्रका वासिन्दाहरुलाई मध्यनजरमा राखेर विशेषज्ञ सहितको सर्वशुलभ सुपथ मुल्यको सेवा प्रदान गरिरहेकोले स्वास्थ्य लाभ लिनका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा आउन आह्वान गर्नु भयो ।
अस्पतालले दिने सेवाहरुको विषयमा जानकारी दिनुहुँदै स्त्रीरोग विशेषज्ञ डाक्टर नविन तिरुवाले राजधानी भन्दा बाहिर बुटवलमा भन्दा पनि राम्रा प्राविधिक यन्त्र उपकरणहरुका साथमा कपिलवस्तु सामुदायिक अस्पतालले स्वास्थ्य सेवा दिई रहेको भन्दै अस्पताललाई यो स्थानमा ल्याई पु¥याउन योगदान गर्नुहुने सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुहुँदै अन्य सवै प्रकारका स्वास्थ्य सेवाका साथ साथै अब स्त्री रोग विशेषज्ञ सेवा लिनका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा आउनका लागि अनुरोध गर्नु भयो ।
स्त्री रोग विशेषज्ञ सहितका सेवा सुचारु गरिए संगै अब अस्पतालमा साना ठुला सबै प्रकारका अप्रेसनहरु गर्नु पर्ने भएकोले अन्य सबै चिजको सुविधा सम्पन्न भए पनि अब यस क्षेत्रमा ब्लड बैंकको आवश्यकता रहेको औल्याउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटीका बाणगंगा उप शाखा सभापति एवं कपिलवस्तु सामुदायिक अस्पतालका पूर्व अध्यक्ष संकर पाण्डेले ब्लड बैंक सञ्चालन आवश्यक रहेकोमा त्यसको लागि भवन निर्माण सम्पन्न भैसकेकोले आफूले कर्मचारीहरुको व्यवस्था गर्न नगरपालिकालाई अनुरोध गरेको र नगरपालिकाले पनि सो कार्यका लागि २ जना कर्मचारी व्यवस्था गर्ने आश्वासन दिएकोले अब ब्लड स्टोरका लागि आवश्यक पर्ने केहि यन्त्र खरिदका लागि बजेट जुटाउनु पर्ने बताउनु भयो ।विभिन्न संघ संस्थाहरु मार्फत आर्थिक सहयोग जुटाएर भएपनि आफूहरु अब ब्लड बैंक सञ्चालन गर्ने घनिभूत तयारीमा जुटेको पाण्डेको दावी थियो ।
अस्पताल विकास समितिका अध्यक्ष रामजी सेनले अस्पतालले आफ्नो सेवा विस्तार गर्दै अर्थाे, डेन्टल लगायतका सेवा पनि सिघ्र सञ्चालनमा ल्याउने तयारीमा जुटेकोले आवश्यक सहयोगका लागि सबैमा अनुरोध गर्नु भयो ।सेवा सुभारम्भ कार्याक्रम अस्पताल विकास समितिका अध्यक्ष रामजी सेनको अध्यक्षता वाणगंगा नगरका मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, वडा अध्यक्ष द्धय गणेश बहादुर क्षेत्री र बाल कुमारी अधिकारी पन्तको विशिष्ट आतिथ्यता, सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेज प्रसाद आचार्य, पूर्व अध्यक्ष संकर पाण्डे, वाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, वाणगंगा र गजेहडा भू पू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र विक्रम शाह, सिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा, जितपुर टोल विकास संस्थाका अध्यक्ष बुद्धि बहादुर रोकाया दिनेश, स्त्री रोग विशेषज्ञ डाक्टर नविन तिरुवा लगायतको आतिथ्यता तथा महासचिव पोम नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया