कपिलवस्तु १३ माघ। कपिलवस्तुमा बुधवार (आज) देखि कोभिड बिरुद्धको खोज अभियान संचालन हुदैछ ।तौलिहवा स्थित जिल्ला अस्पतालका मे.सु.किशोर बन्जाडेले खोपको पहिलो डोज लगाउने तय भएको छ । मेसु बन्जाडेले यो खोप सुरक्षित र भरपर्दाे भएकाले सबैलाई आश्वस्त पार्न आफूले पहिलो डोज खोप लिने जानकारी दिनु भयो ।
यता कोभिड बिरुद्धको ४५ सय डोज खोप लुम्बिनी प्रदेश मार्फत जिल्ला स्वास्थ्य कार्यालयमा आएपछि आज देखि अभियान सूरु गर्न लागिएको हो । कोडिभ खोप समन्वय समितिको अध्यक्ष तथा प्रअिज दीर्घ नारायण पौडेललाई प्रदेशबाट प्राप्त ४५ सय डोज खोपको कागजात स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले हस्तान्तरण गर्नु भएको हो । समितिको प्रशासन कार्यालमया भएको बैठकमा सो हस्तान्तरण गरिएको हो ।
एक्ट्रोवजोनिक कम्पनीले उत्पादन गरको १० लाख डोज खोप भारतीय सरकारले नेपाललाई अनुदान दिएको थियो । त्यसै अन्र्गत खोप प्रदेश हुदै कपिलस्तु आईपुगेको कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले बताउनु भयो । खोप कपिलवस्तु अस्पतालमा सुरक्षितरुपमा राखिएको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीलाई दिईने प्रजिअ पौडेलले जानकारी दिनु भयो । बुधवार बिहान १०बजे कपिलवस्तु अस्पतालबाट खोप अभियानको सूरुवात गरिने उहाले वताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयमा खोप केन्द्र स्थापना गरिएको र कपिलवस्तु अस्पतालका स्वास्थ्यर्कीलाई खोप दिईने छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिईने छ । पहिलो चरणको अभियान नौ दिन सम्म चल्ने छ । खोप २ हजार जनालाई पुग्ने स्वास्थ्य कार्यालयका प्रमुख केसीले स्पष्ट पार्नु भयो । पहिलो चरणमा खोप लगाएकाहरुलाई एक महिना पछि दोश्रो पटक खोज दिईने छ । खोप लगाएपछि केही असर देखिए त्यसकालागि समेत टिम बनाइएको छ ।
प्रतिक्रिया