स्वास्थ्य

४ हजार ५ सय डोज ‘कोभिशिल्ड’ खोप आज कपिलवस्तुमा आइपुग्यो



कपिलवस्तु १४ माघ ।कोरोना भाइरस (कोभिड –१९)विरुद्धको ४ हजार ५ सय डोज ‘कोभिशिल्ड’ खोप आज कपिलवस्तुमा आइपुगेको छ । आज दिउँस मात्र खोप कपिलवस्तु आइपुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।कपिलवस्तु सहित देशभर सो खोप भोलीबाट नै लगाउन सुरु गरिने छ । स्वास्थय कार्यालय कपिलवस्तुमा भोली बिहान १० बजे खोप अभियान सुरु गर्ने गरी तयारी गरिएको पनि उहाँले बताउनुभयो ।

 आवस्यक तयारी पुरा गरीएको भन्दै फोकल पर्सन घिमिरेले भोली बिहान स्वास्थ्य कार्यालयका प्रमूख अनिल केसी र जिल्ला अस्पताल कपिलवस्तुका मेडिकल सुपरिटेन्डेन डा। किशोर बञ्जाडेले खोप लगाएर अभियान थाल्ने बताउनुभयो ।यस्तै सरकारको निर्देशन अनुसार पहिलो चरणमा कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ भने त्यसपछि सरकारले तोकेका अन्य क्षेत्रका व्यक्तिले लगाउने छन् ।

पहिलो चरणमा अहिले आएको ४५ सय डोज खोप लगाइने र क्रमश छिट्टै अर्को चरणमा पालिका स्तरमा नै खोप लगाउने कार्यक्रम सुरु हुने बताइएको छ ।सरकारले पहिले चरणमा स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, फोहरमैला व्यवस्थापनमा खटिन संकलक, चालक त्यसैगरी एम्बुलेन्स तथा शववाहन चालक र सहचालक लगायतलाई खोप लगाउने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बुधबार बिहान १० बजे खोप लगाउने कार्यक्रमको भर्चुअल शुभारम्भ गर्नुहुने छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६