स्वास्थ्य

कोरोनाको नियन्त्रणका लागि पालिकाहरुले ठूलो भूमिका निर्वाह गरे : प्रधानमन्त्री ओली



काठमाण्डौ १४ माघ ।  कोरोना भाइरस नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताको जति प्रशंसा गरे पनि नपुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।खोप अभियानको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण नियन्त्रणका लागि पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र पालिकाको भूमिका कति महत्वपूर्ण हुँदोरहेछ भनेर स्पष्ट पारेको बताउनुभयो ।

आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले उहाँले कोरोना संक्रमण सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।यस्तै उहाँले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गर्नुभएको छ । गएको १ वर्ष अत्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताउनुभयो । उहाँले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिनुभएको छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६