स्वास्थ्य

अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने प्रधानमन्त्री ओलीको भनाई



काठमाण्डौ १४ माघ ।  अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने  प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताउनुभएको हो ।कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उहाँको भनाइ रहेको छ । यस्तै उहाँले कोरोना संक्रमणम सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

पालिकाको आवश्यकता कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिले पनि पुष्टि गरेको उहाँले बताउनुभयो ।यस्तै उहाँले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गर्नुभएको छ । गएको १ वर्ष अन्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताउनुभयो ।

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६